प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेकको विषय स्पष्टसँग राखेको बताएका छन्।
शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनलाई उद्घाटन गर्दै उनले लिपुलेकलाई व्यापारिक मार्ग बनाउन भारत र चीनले सहमति गरेको विषयमा नेपालको असमझदारी रहेको स्पष्टसँग राखिएको बताएका हुन्।
‘चीनका राष्ट्रपति सी चिनफिङसँगको द्धिपक्षीय औपचारिक वार्तामा मैले अरु कुराहरुसँगै लिपुलेक सम्बन्धमा भारत र चीनका बीचमा भएको सम्झौता हाम्रो भूमिमाथि, हाम्रो भूमिबाट व्यापार आदानप्रदान गर्ने भन्ने सम्झौता दुई वटा देशले गर्न मिल्दैन । त्यसकारण यसमा हाम्रो असहमती रहेको छ भन्ने कुरा मैले स्पष्ट ढंगले राखेको छु,’ उनले भने, ‘ यो कुरा रेकर्डेड छ। यो अडियोमा छ, यो भिडियोमा छ। यो नोटहरुमा छ।’

