• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, जेठ २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

सर्पको टोकाइले मानिस किन मर्छ ?


  •   बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ। प्राय: वर्षा याममा र गर्मी याममा सर्प सामान्य रुपमा बढी देखा पर्छ। सर्प प्रकृतिको एउटा संवेदनशील प्राणी हो । सामान्यतया मानिस र सर्पबीच प्रत्यक्ष टकराव नभएसम्म सामान्यतया सर्पले आक्रमण गर्दैन, तर सर्पसँगको टकराव पछि भने सर्पले टोक्यो भने त्यसबाट पर्ने असर कहिलेकाही अकल्पनीय हुन सक्छ । हरेक सर्प घातक हुँदैनन्, तर विषालु सर्पले टोक्दा मानिसको जीवन नै जोखिममा पर्छ ।

    Advertisement

    सर्पको टोकाइले मानिस किन मर्छ ?
    सर्पसँगको दोहोरो टकराव पछि सर्पले टोक्यो भने मान्छेको जीवन नै नरहन पनि सक्छ। यसको कारण मुख्यतया सर्पको शरीरमा हुने विष हो, जसले मानिसको स्नायु, रक्तसञ्चार र श्वासप्रश्वास प्रणालीलाई नष्ट गर्ने क्षमता राख्छ ।

    सर्पको विष शरीरमा प्रवेश गरेपछि शरीरभित्र तत्कालै रसायनहरुको रासायनिक प्रतिक्रिया सुरु हुन्छ । सर्पले टोक्दा मान्छेको शरीरमा फाल्ने विषमा प्रोटिन र इन्जाइम(शरीरभित्रका उत्प्रेरक)जस्ता जैविक पदार्थ हुन्छन्, जसले शरीरको सामान्य कार्यलाई अवरुद्ध गर्छन् । केही सर्पको विषले स्नायु प्रणालीलाई नष्ट गर्छ जसले गर्दा सर्पले टोकेको मानिस बोल्न, सुन्न र चल्नसमेत असमर्थ हुन्छ । यसलाई न्युरोटक्सिन (स्नायु–कोष (neuron) वा स्नायु–सन्देश (nerve signal) मा प्रत्यक्ष असर गर्ने विष) भनिन्छ । यस प्रकारको विषले श्वासप्रश्वासमा प्रत्यक्ष असर पार्छ, जुन कारणले मान्छेको फोक्सोले काम गर्न नसक्दा बिरामीको मृत्यु सम्म हुन सक्छ । अर्को प्रकारको विषलाई हेमोटक्सिन भनिन्छ, जसले रगतलाई असर गर्छ । यसले रक्तनली फुटाउने, रक्तचाप घटाउने र आन्तरिक रक्तस्राव गराउने काम गर्छ । शरीरमा रक्तसञ्चार बिग्रिएपछि मस्तिष्कसम्म पर्याप्त अक्सिजन पुग्दैन र जीवन संकटमा पर्छ ।

    सर्पको विषले टोकाइको स्थानमै मात्र समस्या ल्याउँदैन, यसले समग्र शरीरलाई प्रभावित गर्छ । सर्पले टोकेको मानिसमा सुन्निनु, असह्य पीडा हुनु , उल्टी हुनु , टाउको दुख्नु , दृष्टि धमिलो हुनु, अनुहार लत्रनु, र शरीर सुन्निनेजस्ता लक्षण देखिन्छन् । केही अवस्थामा टोकाइको घाउ वरिपरिको मासु नै मरेर कालो हुने (नेक्रोसिस) अवस्था पनि आउँछ । यसले थप संक्रमण र रक्त विषाक्तता (सेप्सिस) निम्त्याउँछ । यदि समयमा उपचार भएन भने शरीरको महत्वपूर्ण अङ्गहरू क्रमशः काम गर्न छाड्छन् र अन्ततः मानिसको मृत्यु हुन्छ ।

    नेपालजस्ता देशमा ग्रामीण भेगका मानिसहरू बढी जोखिममा हुन्छन् । धानबारी, जंगल, घाँस काट्ने ठाउँ वा अँध्यारो कोठामा सर्प भेटिन्छन् । त्यहाँ सर्पले टोक्दा तत्काल उपचार नपाई मृत्यु हुने सम्भावना उच्च हुन्छ । धेरै अवस्थामा पीडितलाई अस्पताल पुर्‍याउन ढिला हुन्छ, वा परम्परागत उपचारमा भर पर्नु पनि मृत्युको प्रमुख कारण हो । सर्पदंशपछि तुरुन्तै प्राथमिक उपचार गर्नुपर्ने हुन्छ।

    उपचारका लागि सबैभन्दा प्रभावकारी उपाय एन्टिभेनम (एन्टिभेनम सर्पकै विषबाट बनाइने सर्पको टोकाइविरुद्ध लगाइने एकप्रकारको ईन्जेक्सन) हो, जसले सर्पको विषलाई निष्क्रिय पार्छ । तर एन्टिभेनम प्रत्येक अस्पतालमा सहजै पाइँदैन, जसका कारण धेरै बिरामीले ज्यान गुमाउनुपर्छ । साथै, टोक्ने सर्प कुन प्रजातिको हो भन्ने पहिचान गर्न नसक्दा पनि उपचारमा ढिलाइ हुन्छ । नेपालमा करैत, गोमन, नाग र हरहरसर्पलाई विषालु प्रजातिका सर्प मानिन्छ । यी सर्पको विष अत्यन्त घातक र शरीर भित्र विशा तिव्र रुपमा संचार हुने भएकाले समयमै उपचार नपाए मृत्यु दर उच्च हुन्छ ।

    सर्पले टोक्दा मानिस मर्ने प्रमुख कारण सर्पको विषले शरीरका अत्यावश्यक प्रणाली स्नायु, रगत र श्वासप्रश्वासलाई नष्ट गर्नु हो । विषले शरीरको आन्तरिक सन्तुलन भत्काउँछ, अक्सिजन र रक्तसञ्चार रोक्छ र मान्छेको मृत्यु हुन जान्छ । तर ध्यान दिनुपर्ने कुरा के हो भने समयमै उचित उपचार पाउन सके धेरै जीवन बचाउन सकिन्छ ।

    बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौंमा खुर्सानीको धुलो फ्याँकेर लुटपाट गर्नेलाई प्रहरीले गोली हानेर समात्यो
    “संवाद एक्सप्रेस” मा नगरप्रमुखको चुनौती : २०४६ पछिका सम्पत्ति छानबिन म बाटै सुरु होस् : यादव
    सबैला नगरपालिकामा ‘संवाद एक्सप्रेस’ सम्पन्न, विकास, शिक्षा र स्वास्थ्यका मुद्दामा व्यापक बहस
    मिथिला बिहारी नगरपालिकामा सार्वजनिक सुनुवाइसँगै ‘संवाद एक्सप्रेस’ कार्यक्रम सम्पन्न
    सडक अतिक्रमण विरुद्ध मुखियापट्टी मुसरनियामा “एक्सन” अध्यक्ष जय कुमार यादव बने जनचर्चाको केन्द्र !
    लुम्बिनीमा सबै मन्त्री फिर्ता बोलाउने एमाले–कांग्रेसको तयारी

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.