• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय

रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ५. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ६. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ७. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • ८. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

  • ९. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

एमालेको विधान महाधिवेशन भाद्र २० बाट


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन भाद्र २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । ऐतिहासिक रूपमा लिइएको यो अधिवेशन पार्टीको सांगठानिक सुदृढीकरण र भावी कार्यदिशा निर्धारणमा केन्द्रित हुनेछ ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको समुद्घाटन ११ बजे विशेष समारोहबीच गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अधिवेशनमा २०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २३४१ जना सहभागी हुनेछन् ।

    Advertisement

    ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ आयोजना हुने महाधिवेशनका लागि सबै तयारी पूरा भएको पार्टीले जानकारी दिएको छ । मञ्च सजावटदेखि स्वयंसेवक व्यवस्थापन, स्वास्थ्य सेवा, यातायात र झाँकी प्रदर्शनसम्मका व्यवस्थापन कार्य सम्पन्न भइसकेका छन् । अधिवेशनमा पार्टी अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषणसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उक्त प्रतिवेदनमा नेपाली विशेषतासहितको समाजवाद स्थापनाको खाका र पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने रोडम्याप समेटिएको छ ।

    पार्टी उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्, जसमा पार्टी सदस्यता वर्गीकरण, ७० वर्षे उमेर सीमा नराख्ने, २५१ सदस्यीय केन्द्रीय कमिटी, एकतिहाइ पोलिटब्यूरो र १५ पदाधिकारीको स्थायी कमिटी रहने लगायतका व्यवस्थाहरू प्रस्तावित छन् । पदाधिकारीमध्ये कम्तीमा एकजना महिला अनिवार्य हुने व्यवस्था प्रस्तावमा उल्लेख गरिएको छ । महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन्, जसमा पार्टी निर्माणमा देखिएका चुनौती र समाधानका उपायहरू, समाजमा पार्टीप्रति विश्वास जगाउने रणनीति र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने योजना समेटिएको छ ।

    महाधिवेशनमा पार्टीका विभिन्न आयोग र परिषद्का प्रतिवेदन पनि प्रस्तुत हुनेछन् । महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । प्रतिनिधि व्यवस्थापन, आवास, स्वास्थ्य, प्रचार, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक परिचालन, खाद्य र सचिवालय व्यवस्थापन, स्वागत गेट निर्माण जस्ता पक्षमा जिम्मेवारी बाँडफाँड गरिएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा पत्रकारहरूलाई महाधिवेशनको सफलताको लागि सहकार्य गर्न आग्रह गरिएको छ ।

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं
    जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?
    सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?
    अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय
    रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
    मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ५.
      रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

    • ६.
      मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

    भर्खरै

    • १.
      जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

    • २.
      जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

    • ३.
      सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

    • ४.
      अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय

    • ५.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • ६.
      मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

    • ७.
      नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    • ८.
      देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.