• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

के हो इम्बोस्ड नम्बर प्लेट ?


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • काठमाडौं। यातायात व्यवस्था विभागले गत असोज १ गतेदेख सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्ने निर्णय गर्यो। जुन निर्णयले आम सरोकारका सार्वजनिक मंचमा इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारी निर्णयको विरोध अहिले पनि भईरहेको छ। विभागले इम्बोस्ड नम्बर प्लेट सम्बन्धी निर्देशिका नै बनाएर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची-२ को भाग-२ र सवारी तथा यातायात व्यवस्था नियामावली, २०५४ को नियम ६२ लाई प्रयोग गरेर यो व्यवस्था गरेको हो।

    Advertisement

    के हो इम्बोस्ड नम्बर प्लेट ?
    सवारीसाधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ । यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो । हाल सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ ।यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । स्मार्ट ब्लु – बूक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेकजाँचमा सहज हुनेछ ।

    इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि सवारीसाधनको चोरी नियन्त्रण हुन्छ । किनकि एकपटक नम्बर राखेपछि त्यो ‘फिक्स’ हुने भएकाले परिवर्तन गर्न मिल्दैन । १० वर्षसम्म त्यही रहिरहन्छ । यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । जसलाई सबैले सहजै देख्न सक्छन् । प्लेटमा लेखिएका अक्षरहरु बाहिर देखिने गरी उठेका हुन्छन् । यो बलियो र किफायती हुनेछ । यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन ।

    किन विरोध भैईरहेको छ इम्बोस्ड नम्बर प्लेट प्रणालीको ?
    सरकारी कामकाजको भाषा देवनागरी लिपी अर्थात् राष्ट्रलिपीमा हुनु पर्ने प्रावधान रहेको नेपालको संविधानको मर्म विपरीत अङ्ग्रेजी भाषामा लेखिएको इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको निर्णयले मौलिक देवनागरी लिपि मास्ने, आम जनतालाई आर्थिक भार थुपार्ने , रोजगारी खोस्ने र राष्ट्रिय पहिचानमाथि आघात पुग्ने गरि निर्णय भएको भन्दै अहिले इम्बोस्ड नम्बर प्लेट निर्देशिकाको चौतर्फी विरोध भईरहेको छ।

    अहिले देशमा करीब ६० लाख सवारी साधनमा परम्परागत देवानागारी शैलीमा नम्बर प्लेट राखिएको छ । इम्बोस्ड नम्बर प्लेट सम्बन्धी बनेको नयाँ निर्देशिकाले प्रयोग हुदै आएको देवानागरी शैलीलाई मास्ने भन्दै भाषा आयोगले पनि इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा को नै प्रयोग गर्न आग्रह पनि गरेको छ । संविधानको धारा ७ को उपधारा १ अनुसार सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने प्रावधान रहेकाले आयोगले अंग्रेजी भाषामा तयार भइरहेको नम्बर प्लेट प्रणालीमाथि आपत्ति जनाएको हो ।

    आयोगका अनुसार संविधानले नचिनेको भाषा वा लिपीमा नभई नेपाली भाषामा मात्रै नम्बर प्लेट राख्नुपर्ने स्पष्ट संवैधानिक व्यवस्था छ । यस सम्बन्धमा सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको फैसलामा पनि नेपाली भाषाको वर्णविन्यासलाई आधार मान्दै, धारा ७ को उपधारा ३ बमोजिम भाषा आयोगको सिफारिसअनुसार सरकारले निर्णय गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ । भाषा आयोगले यस निर्णयलाई सबै तहका सरकारलाई कार्यान्वयनमा ल्याउन पुनः आग्रह गर्दै, नेपाली लिपीको संरक्षण र संवैधानिक दायित्व पालना गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भदौ १ गते आयोगले गरेको निर्णयअनुसार देवनागरी लिपीमै नम्बर प्लेट राख्नुपर्ने निष्कर्षमा पुगेको र सोही निर्णयअनुसार नेपाल सरकारलाई पुनः जानकारी गराइएको बताए ।

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना पुरुष मृत भेटिए
    स्वास्थ्य–शिक्षाको ३% समता कर फिर्ता, जनताको विश्वास र अपेक्षाअनुसार सरकार चल्छ: प्रधानमन्त्री
    भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.