काठमाडौं । नयाँ जनवादी मोर्चा नेपालले राष्ट्रिय भेला गर्ने भएको छ ।
धर्मराज बिसीको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति बनाएको छ । जनवादी मोर्चा नेपालका कार्यबाहक अध्यक्ष बिष्णु खड्काको अध्यक्षतामा बसेको बैठकले यही मंसिर २० र २२ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको हो ।
क्रान्तिलाई थप अगाडी बढाउने र आवश्यक परेमा नयाँ पार्टीको नै निर्माण गरेर जाने मोर्चाका कार्यबाहक अध्यक्ष खड्काले बताए ।
त्यस्तै कार्यक्रममा सामाजिक अभियन्ता बिनु कठायतलाई पनि सम्मान गरिएको थियो ।