काठमाडौं । उपसभामुख इन्दिरा रानाले तीज पर्वले महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्ने बताएकी छिन् ।
उनले हरितालिका तीजका अवसरमा शुभकामना सन्देश दिँदै उनले तीज पर्वले नेपाली महिला दिदीबहिनीहरुलाई एकतावद्ध बनाउन, लैङिगक समानता र महिलाहरुको हक अधिकारका लागि आवाज उठाउन प्रेरणा दिने विश्वास व्यक्त गरिन् । उनले लेखेकी छिन्,‘यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेका हुन्छन् भने नेपाली महिला दिदीबहिनीहरुलाई एकतावद्ध बनाउन, लैडिक समानता र महिलाहरुको हक अधिकारका लागि आवाज उठाउन प्रेरणा दिने छ भन्ने मैले विश्वास लिएको छु।’
तीजले नेपाली महिलालाई सशक्तीकरणको दिशामा अघि बढ्न तथा समाजमा विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्यका लागि सन्देश दिने पनि उनको भनाई छ । हरितालिका तीजले नेपाली महिलाहरूलाई सशक्तीकरणको दिशामा अघि बढ्न तथा समाजमा विद्यमान लैंगिक विभेद, जातीय विभेद लगायत सबै प्रकारका असमानताहरूको सामना गर्न सकोस् भन्ने कामना उनले गरिन् ।