×
शनिबार, असार २१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

एप्पल लोगो आईफोन १७ प्रो सिरिजमा अर्कै ठाउँमा राखिने !

अमेरिकाको टेक्सासमा बाढीमा २४ को मृत्यु, आपतकाल घोषणा

नजन्मनेछ!

च्यातिदेऊ त्यो प्रेमपत्र !

गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

लोकप्रिय समाचार

  • १. राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

  • २. शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

  • ३. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

  • ४. मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

  • ५. हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

  • ६. शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

  • ७. बैंकिङ कसुरमा ६ मुद्दा खेपेका व्यक्ति पक्राउ

  • ८. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

  • ९. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • १०. अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

काठमाडौं–तराई-मधेश फास्ट ट्र्याकको सुरुवाती बिन्दु डुकुछाप कायम गर्न सुझाव


  •   सोमबार, जेठ २७, २०८२ मा प्रकाशित
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत सुरुवाती बिन्दुमा देखिएको विवाद समाधनबारे खोकानावासीका प्रतिनिधिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले ललितपुरको खोकना र बुङ्‍मतिवासीका प्रतिनिधिहरूसँग उक्त क्षेत्रमा देखिएका समस्या समाधानका उपायबारे सोमबार छलफल गरेका हुन्।

    Advertisement

    छलफलमा खोकनाका स्थानीय अगुवा मदनकृष्ण डंगोल,नेकपा एमाले ललितपुर महानगर कमिटी अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डंगोल, एमाले ललितपुर महानगरपालिका २१ नम्बरका वडा कमिटी अध्यक्ष ज्ञानभक्त महर्जन लगायतले प्रधानमन्त्री ओलीसँग विवाद समाधानका विषयमा छलफल गरेका हुन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले खोकना र बुङ्‍मति विवाद समाधानका विकल्पबारे सुझाव दिएका थिए । सरोकार समितिले खोकनामा सुरु बिन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।

    छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट पार्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नुपूर्व आफू एक पटक स्थलगत अवलोकनमा आउने जानकारी गराए ।

    यसअघि प्रधानमन्त्री ओलीले गत २३ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई लगायतको सहभागितमा आयोजनाको प्रगति र देखिएका समस्या समाधानबारे छलफल गरेका थिए ।

    कुल ७० दशमलव ९७ किलोमिटर दुरीको दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना २०७४ मा सुरु भएको हो । आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य रहेको छ।

    सोमबार, जेठ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !
    एप्पल लोगो आईफोन १७ प्रो सिरिजमा अर्कै ठाउँमा राखिने !
    अमेरिकाको टेक्सासमा बाढीमा २४ को मृत्यु, आपतकाल घोषणा
    गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु
    संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड
    प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

    • २.
      शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

    • ३.
      जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

    • ४.
      मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

    • ५.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    • ६.
      शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

    भर्खरै

    • १.
      कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

    • २.
      एप्पल लोगो आईफोन १७ प्रो सिरिजमा अर्कै ठाउँमा राखिने !

    • ३.
      अमेरिकाको टेक्सासमा बाढीमा २४ को मृत्यु, आपतकाल घोषणा

    • ४.
      नजन्मनेछ!

    • ५.
      च्यातिदेऊ त्यो प्रेमपत्र !

    • ६.
      गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

    • ७.
      संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

    • ८.
      प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.