काठमाडौं। प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो । तर,विपक्षीहरूको अवरोधकाबीच बैठक बस्न सकेन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।
निरन्तर छलफल चलिरहँदा पनिसत्ता र प्रतिपक्षबीच संसद् खुलाउनेबारे सहमति भएको छैन।