काठमाडौं। भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव पठाएको छ । संसदमा केही दिनदेखि देखिएको गति अवरोध फुकाउन उक्त प्रस्ताव रास्वपाले ५ बुँदे प्रस्ताव पठाएको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले पटक संसद अवरोध गर्दै आएका छन् ।
अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन् ।
SAMSADIYA-SAMITI_Raswapa