काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनकारीहरूले प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिने भनेर षड्यन्त्र गरिरहेको बताएका छन् । वाईसीएलको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन्।
प्रचण्डले नेतृत्वको आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो बनाएर प्रस्तुत हुन निर्देशन समेत दिए । उनले भने, ‘प्रतिक्रियावादी प्रतिगमनकारीहरूले हामीले जनयुद्धबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन्। कहीँ न कहीँ जनयुद्ध, माओवादी, युवा, वाईसीएल, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिस भइरहेका छन्।’
उनले नवनिर्वाचित पदाधिकारीलाई वाइसीएलको जनरल स्टाफ भएको भन्दै पार्टीको आदेशमा चल्न निर्देशन दिए ।