काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले आफ्नो रिट दर्ता गर्न नमानेको भन्दै असन्तुष्टि ब्यक्त हरेक छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले सरकारले पूरै काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्दा यसविरुद्धको रिट दर्ता गर्न नमानेको उल्लेख गरेका हुन्।
उनले भनेका छन्, न्यायको नौ सिङ हुन्छ भन्थे हो रहेछ ।
थरीथरीका न्याय भन्दै यसअघि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्च अदालतले तत्काल निषेध खुला गर्न आदेश दिएको उल्लेख गर्दै सिङ्गो महानगरपालिकालाई निषेध गरिँदा इन्कार गरेको बताएका छन् ।