×
सोमबार, असार २३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

शिक्षा समितिको बैठकमा श्याम घिमिरे र रेखा शर्माबीच भनाभन

कुलमानले सुरु गरे बहराइनबाट ‘उज्यालो अभियान’

शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन हरिशयनी एकादशी हो :प्रधानमन्त्री ओली

CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

भोजपुरमा ज्वाइँले एकै ससुराली पक्षका ४ परिवारको हत्या !

कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

एप्पल लोगो आईफोन १७ प्रो सिरिजमा अर्कै ठाउँमा राखिने !

अमेरिकाको टेक्सासमा बाढीमा २४ को मृत्यु, आपतकाल घोषणा

नजन्मनेछ!

लोकप्रिय समाचार

  • १. राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

  • २. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

  • ३. शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

  • ४. हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

  • ५. मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

  • ६. शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

  • ७. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

  • ८. कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

  • ९. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • १०. अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दामा सर्वोच्चको उत्प्रेषण आदेश जारी


  •   बुधबार, जेठ २२, २०८२ मा प्रकाशित
  • काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादीका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण तथा ज्यान मुद्दामा सर्वोच्चले उत्प्रेषण आदेश जारी गरेको छ । संवैधानिक इजलासमा हेर्दा हेर्दैमा रहेको सो मुद्दामाथिको सुनुवाइ आज सकिएसँगै आदेश आएको हो ।

    Advertisement

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले पूर्णिमायाको पक्षमा उत्प्रेषणयुक्त आदेश दिएको छ।

    अदालतको यो आदेशसँगै सापकोटामाथि काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा प्रहरीमाथि अनुसन्धान गर्न बाटो खुलेको छ । यसअघि २०६५ सालमा प्रचण्ड सरकारले सापकोटामाथि मुद्दा नचल्ने निर्णय गरेको  थियो । त्यस्तै २०६९ मा बाबुराम भट्टराईको सरकारले काभ्रे प्रहरीलाई मुद्दा मुल्तबीमा राख्न आदेश दिएको थियो ।

    अब सापकोटा र काभ्रेका माओवादी सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धानको बाटो सर्वोच्चले खोलिदिएको पूर्णिमायाका वकिल पुष्पराज पौडेलले  बताएका हुन्।

    सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै अर्जुनकी पत्नी पूर्णिमाया लामा, कनकमणि दिक्षित र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए । २ रिट भने भने खारेज भएका छन् । पटकपटक पेशीमा चढे पनि यसको निर्णय सुनुवाइ भने अन्तिममा टर्ने गरेको थियो ।

    माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ असार ६ गते मुद्दा दर्ता भएको थियो

    उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको    थियो।

    लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् ।

    त्यस्तै पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलले राजीनामा दिएका थिए ।

    बुधबार, जेठ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा समितिको बैठकमा श्याम घिमिरे र रेखा शर्माबीच भनाभन
    कुलमानले सुरु गरे बहराइनबाट ‘उज्यालो अभियान’
    शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन हरिशयनी एकादशी हो :प्रधानमन्त्री ओली
    CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो
    भोजपुरमा ज्वाइँले एकै ससुराली पक्षका ४ परिवारको हत्या !
    कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

    Facebook Page

    लोकप्रिय

    • १.
      राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

    • २.
      जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

    • ३.
      शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

    • ४.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    • ५.
      मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

    • ६.
      शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

    भर्खरै

    • १.
      शिक्षा समितिको बैठकमा श्याम घिमिरे र रेखा शर्माबीच भनाभन

    • २.
      कुलमानले सुरु गरे बहराइनबाट ‘उज्यालो अभियान’

    • ३.
      शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन हरिशयनी एकादशी हो :प्रधानमन्त्री ओली

    • ४.
      CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

    • ५.
      भोजपुरमा ज्वाइँले एकै ससुराली पक्षका ४ परिवारको हत्या !

    • ६.
      कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

    • ७.
      एप्पल लोगो आईफोन १७ प्रो सिरिजमा अर्कै ठाउँमा राखिने !

    • ८.
      अमेरिकाको टेक्सासमा बाढीमा २४ को मृत्यु, आपतकाल घोषणा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.