काठमाडौं। प्रतिनिधिसभाको बैठक भोलि भोलि दिउँसो १ बजेलाई सारिएको छ । आज बिहान ११ बोलाईएको बैठक र पछि सवा ३ बजे सारिएकोमा बिपक्षीदलसंग सहमति नजुटेपछि भोलिसम्मका लागि स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गरिरहेका विपक्षी र सत्ता पक्षबीच कुरा नमिलेकाले सदन निरन्तर अवरुद्ध भइरहेको छ ।
सहमति जुटाउन सभामुखले सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेपनि दुवै पक्ष अडानबाट पछि हटेका छैनन्।
सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने अडान राखेको छ । तर, विपक्षीले गृहमन्त्री बोल्ने भए छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने शर्त राखेको छ ।