काठमाडौं। यातायात व्यवसायीहरूले सहमति कार्यान्वयनमा नल्याए आन्दोलन थप सशक्त बनाउने सरकारलाई चेतावनी दिएका छन्। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता जारी रहेकोले आफूहरूको आन्दोलन सशक्त रुपमा अघि बढाउनुपर्ने बताएको हो।
संघीय सरकारसँग भएको सहमति गण्डकी प्रदेश सरकारले कार्यान्वयन नगरे भोलि देखि आन्दोलन अझै सशक्त रुपमा अघि बढ्ने विज्ञप्तिमा बताइएको छ ।
पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलनका कार्यक्रम र सरकारसँग भएका सम्झौता सार्वजनिक गरिने पनि विज्ञप्तिमा बताइएको छ ।