×
आइतबार, भदौ ०८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी

परराष्ट्रमन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीको धन्यवाद

वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति

एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्ने झलनाथ खनालको दाबी

तीजमा पुरुषहरुले ब्रत बसे समानता आउने मन्त्री खड्काको भनाई

विपिन जोशीका परिवारको राष्ट्रपतिसँग भेटवार्ता

रौतहटमा सुटकेसभित्र युवतीको शव फेला

द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो :गृहमन्त्री लेखक

“सही नेतृत्व नहुँदासम्म मुलुक अघि बढ्न सक्दैन” कुलमान !

लोकप्रिय समाचार

  • १. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • २. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • ३. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • ४. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ५. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ६. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ७. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ८. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ९. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • १०. निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

एमालेमा देशब्यापी ‘झोले’ अभियान


  •   सोमबार, जेठ २०, २०८२ मा प्रकाशित
  • काठमाडौं। एमालेमा अहिले झोले संक्रमण अथवा झोले अभियान सुरु भएको छ। एमाले निकट नेपाल बुद्धिजिवी परिषद्को ११औं महाधिवेशन गत जेठ १७ गते काठमाडौंको टोखामा सुरू भएसंगै महाधिवेशनको प्रमुख अतिथि भएर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली उक्त कार्यक्रमबाट पहिलोपटक ‘झोले’ शब्दलाई धेरै नै जोड दिएर झोले परिष्कृत संस्कृतीको अध्याय सुरु गर्न सफल भएका हुन् ।

    Advertisement

    ओलीले त्यसदिन,‘मलाई अलिकति पनि अप्ठेरो लाग्दैन, म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ । जनताको हितहरूको झोला बोक्ने, जनताको हितको झोला बोक्ने, गौरवको झोला बोक्ने,परिवर्तनको झण्डा उठाउने झोले हुँ, के भयो त झोले बन्दा ?’भनेका थिए ।

    प्रधानमन्त्री ओली त्यतिमै रोकिएनन् । देश संक्रमणकालमा रहेको र सही निकास खोजिरहेकाले परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यस अनुसार सक्रिय हुन आग्रह पनि उनले गरे ।

    प्रधानमन्त्री ओलीले भने,‘म एमालेको झोले हुँ । यस देशका जनताको झोले हुँ । अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई ? यतिभन्दा एमालेको विरोधीहरूलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ,’

    उनले त्यो दिन,जेमा पनि खोट देख्ने तथाकथित आलोचनात्मक चेतनाबाट माथि उठ्न उनले आग्रह समेत गरेका थिए । उनको आग्रहलाई बुद्धिजिवीहरूले कसरी लिए त्यो त कसैलाई थाहा छैन। तर यस्तो घोषणा गरेको दुई दिनपछि सोमबार प्रधानमन्त्री ओलीले आफूलाई झोले भन्दै सामाजिक सञ्जाल फेसबुकमा आफू झोले भएको पोस्टर पोष्ट गरेका छन् ।

    साथमा दुई हात जोडेको तस्वीर राखेर ओलीले ‘झोले’ भएको लेखेका छन् । ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’,पोस्टरमा लेखिएको छ ।

    प्रधानमन्त्री ओलीले पोस्टर बाहेक पनि स्टाटस लेखेका छन् । जहाँ ओलीले ‘झोले आरोपबाट नडराउन कार्यकर्तालाई प्रोत्साहन गरेका छन् । ‘सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामुहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउन पर्छ’, ओलीले लेखेका छन् ।

    प्रधानमन्त्री ओलीले ‘म झोले हुँ’ भन्दै सार्वजनिक रूपमा पोस्टर सार्वजनिक गरेपछि त्यसले नेकपा एमालेभित्र नयाँ प्रचार अभियानको रूप लिएको छ। ओलीको पदचाप पछ्याउँदै एमालेका शीर्ष नेतादेखि सामान्य कार्यकर्तासम्मले आफूलाई ‘झोले’ घोषणा गर्न थालेका छन्।

    उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पार्टी महासचिव शंकर पोखरेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत नेताहरूले सामाजिक सञ्जाल फेसबुकमा ‘म झोले हुँ’ भन्ने घोषणा गर्दै स्टाटस लेखिसकेका छन्।

    एमालेका सामान्य कार्यकर्ताहरूले पनि ‘म झोले हुँ’ लेखिएको पोष्टरमा आफ्ना फोटो टाँसी सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् । फेसबुक र ट्विटरजस्ता प्लेटफर्महरूमा यस्ता पोष्टहरू छ्यापछ्याप्ती देखिन थालेका छन्।

    सोमबार, जेठ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी
    परराष्ट्रमन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीको धन्यवाद
    वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति
    एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्ने झलनाथ खनालको दाबी
    तीजमा पुरुषहरुले ब्रत बसे समानता आउने मन्त्री खड्काको भनाई
    विपिन जोशीका परिवारको राष्ट्रपतिसँग भेटवार्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • २.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • ३.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ४.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ५.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ६.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    भर्खरै

    • १.
      तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी

    • २.
      परराष्ट्रमन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीको धन्यवाद

    • ३.
      वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति

    • ४.
      एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्ने झलनाथ खनालको दाबी

    • ५.
      तीजमा पुरुषहरुले ब्रत बसे समानता आउने मन्त्री खड्काको भनाई

    • ६.
      विपिन जोशीका परिवारको राष्ट्रपतिसँग भेटवार्ता

    • ७.
      रौतहटमा सुटकेसभित्र युवतीको शव फेला

    • ८.
      द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो :गृहमन्त्री लेखक

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.