काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारीक भ्रमण सकेर आज स्वदेश फर्किएकी छन् ।
उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी लगायत १५ सदस्यीय प्रतिनिधिमण्डलको तथा नेपालको तर्फबाट नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी अघिल्लो शनिबार राति उनी चीन गएकी थिइन ।
चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीसँग चिनियाँ उपराष्ट्रपति हान चेङले भेटवार्ता गरेका थिए। उनीसँग चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियानचाओले पनि भेटवार्ता गरेका थिए ।
ग्वाङ्चौ हुँदै काठमाडौंबाट बेइजिङ पुगेकी पूर्व राष्ट्रपति भण्डारी कान्सुबाट सिचुआन प्रान्तको राजधानी छन्तु हुँदै काठमाडौँ आएकी हुन् ।