• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

बिहीबारसम्म ‘हिट वेभ’को संभावना, सतर्कता अपनाउन आग्रह

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

धनुषाका वरिष्ठ सई निलम्बित, डीआईजी थपलियाको नाम बदनाम गरेको आरोप

लोकप्रिय समाचार

  • १. ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ३. आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

  • ४. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ५. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ६. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ७. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ८. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ९. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • १०. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

भिजिट भिसा प्रकरणमा २४ घण्टामै १ हजार पीडितको प्रमाण प्राप्त भएको रास्वपाको दाबी


  •   शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता तथा सांसद मनिष झाले भिजिट भिसाका नाममा विदेश जान खोज्दा ठगिएका नेपालीहरूको एक हजारभन्दा बढी प्रमाण चौबिस घण्टामै संकलन भएको दाबी गरेका छन्। रास्वपाका सांसदहरूले सुरु गरेको प्रमाण संकलन अभियानमा यस्तो उल्लेख्य संख्या सहभागी हुनु गम्भीर विषय भएको झाको भनाइ छ।

    Advertisement

    उनले भने, “बुधबारदेखि म, सोविता गौतम, शिशिर खनाल, हरि ढकाल लगायतका सांसद तथा साथीहरूले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष पीडितहरूसँग प्रमाण माग गरेका थियौँ, “२४ घण्टामै एक हजारभन्दा बढी प्रमाण प्राप्त भयो।”

    झाका अनुसार ती प्रमाणहरूमा नेपाली नागरिकहरू भिजिट भिसामा विदेश जाँदा ठगीमा परेका, यौनजन्य हिंसाको शिकार भएका, बाकसमा शव भएर फर्किनुपरेको,ठूलो रकम बुझाउँदा पनि रोजगारी नपाएको जस्ता गम्भीर घटनाहरू समेटिएका छन्। “हजारौँ नेपालीहरू पीडामा छन्, ठगिएका छन्। राज्य मौन रहँदा नागरिकले न्याय पाउँदैन,” उनले भने ।

    उनले पछिल्ला पाँच वर्षमा सात लाखभन्दा बढी नेपाली भिजिट भिसामा विदेश गएको तथ्यांक सार्वजनिक गर्दै तीमध्ये करिब २० हजार जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाइएको जानकारी दिए।

    झाका अनुसार यो अभियान कुनै व्यक्तिगत रिसीबी वा आक्रोशबाट प्रेरित नभई सुशासन र नागरिक सुरक्षाका लागि गरिएको हो। “यो गृहमन्त्रीविरुद्धको व्यक्तिगत आक्रोश नभई प्रणाली सुधारको अभियान हो,” उनले स्पष्ट पारे ।

    रास्वपाका सांसदहरूले संकलन गरिएका प्रमाणहरू सम्बन्धित निकायमा बुझाउने तयारी गरिरहेका छन्। साथै, उनीहरूले थप सत्य तथ्य सार्वजनिक गर्दै गम्भीर अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

    भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका सचिवालय तहका कर्मचारीको संलग्नता देखिएपछि गृहमन्त्री रमेश लेखकमाथि चौतर्फी दबाब बढ्दो छ। राजीनामाको मागसमेत सार्वजनिक रूपमै उठ्न थालेको छ ।

    यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित पाँच जनाविरुद्ध अनुसन्धान अघि बढाएको छ। उनीहरूका मोबाइल, ल्यापटपजस्ता विद्युतीय उपकरण बरामद गरी प्राविधिक विश्लेषण भइरहेको आयोगले जनाएको छ।

    शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने
    डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य
    इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै
    रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ
    दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित
    भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

    Facebook Page

    लोकप्रिय

    • १.
      ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • २.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ३.
      आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

    • ४.
      शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

    • ५.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ६.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    भर्खरै

    • १.
      प्रतिनिधिसभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने

    • २.
      डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

    • ३.
      इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

    • ४.
      रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

    • ५.
      दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

    • ६.
      भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

    • ७.
      बिहीबारसम्म ‘हिट वेभ’को संभावना, सतर्कता अपनाउन आग्रह

    • ८.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.