काठमाडौं ।नेकपा एमालेका नेता–कार्यकर्ताहरुले गणतन्त्र दिवसको दिन तरबार र ढालसहित प्रदर्शन गरेका छन् ।
गणतन्त्र दिवसलाई काठमाडौंमा उत्सवमय बनाउन भन्दै प्रदर्शनमा उत्रिएका एमालेका नेता–कार्यकर्ताहरुले तरबार र ढालसहित प्रदर्शन गरेका हुन् ।
उनीहरुले गणतन्त्र जिन्दावाद,नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका छन् ।
र्यालीमा एमाले नेताकार्यकर्ताहरु साँस्कृतिक झाँकीसहित सहभागी छन् । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका र्याली भृकुटीमण्डपमा पुगेर भेला हुनेछ । त्यसपछि भद्रकाली, शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर कोण सभामा परिणत हुनेछ ।