• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा उच्च वृद्धि

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

मन्त्रिपरिषद् सदस्यको सम्पत्ति श्रोत छानबिनको माग गर्दै अखिल (क्रान्तिकारी) को प्रदर्शन

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

  • ७. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ८. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • ९. जेनजी आन्दोलनपछि विस्थापित कोशी प्रदेशसभाः दुई महिमा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित

  • १०. गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुग्यो


  •   शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
  • नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गर्न लागेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो।यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो।विस्तृत र अन्तिमप्रतिवेदनमा भने २७ हजार ९०२ कम अर्थात् दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको हो।
    राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई राखिएको छ।सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौंमा २० लाख ४१ हजार ५८७ जनसंख्या छ भने सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा पाँच हजार ६८५ जना मानिस छन्।भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ।प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ।सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुरमासबैभन्दा बढी वृद्धिदर भक्तपुर जिल्लामा देखिएको छ। यहाँ ३.५ प्रतिशतले बढ्दा रामेछाप जिल्लामा भने सबैभन्दा बढी घटेको देखिएको छ। यो जिल्लामा हरेक वर्ष १.६७ प्रतिशतले जनसंख्या घटेको देखिएको छ। एक वर्ष किलोमिटरमा १९८ जना बस्छन् जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) बढेको छ। अहिले एक वर्ग किलोमिटरमा १९८ जना बस्ने गरेको देखिएको छ।
    २०६८ सालमा १८० जना मात्रै बस्‍ने गरेका थिए। भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ। सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा रहेको छ। यहाँ एक वर्ग किलोमिटरमा पाँच हजार १६९ जना बस्ने गरेको छन्।सबैभन्दा कम मनाङ जिल्लामा तीन जना मात्रै बस्ने गरेका छन्।परिवारको संख्या ६६ लाख ६६ हजार ९३७ प्रतिवेदनअनुसार अहिले नेपालमा ६६ लाख ६६ हजार ९३७ परिवार छन्। जसमध्ये व्यक्तिगत परिवार (एकल) ६६ परिवार ६० हजार ८४१ र संस्थागत परिवार (संयुक्त) ६ हजार ९६ रहेका छन्। एक परिवार बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ। २०६८ सालमा ४.८८ जना रहेको थियो । यस हिसाबले परिवारका सदस्यको संख्या घटेको देखिन्छ।नगरमा बस्ने बढे, गाउँमा घटेनगरपालिकाहरूमा बस्ने जनसंख्या बढेको छ। जम्मा जनसंख्याको ६६.१७ प्रतिशतनगरपालिकामा बस्ने गरेका छन्। गाउँपालिकाहरूमा बस्ने घटेका छन्। जम्मा जनसंख्याको ३३.८३ प्रतिशत गाउँमा बस्छन्।२०६८ को जनगणनामा नगरपालिकाहरूमा बस्नेजनसंख्या ६३.१९ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो।साढे १५ लाख परिवारका करिब २२ लाख नागरिक विदेशमाजनगणनाले करिब २२ लाख नागरिक विदेशमा रहेको देखाएको छ। जम्मा १५ लाख ५५ हजार ९६१ परिवारका कोही न कोही सदस्य विदेशमा रहेको देखिएको छ। त्यसमा २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसेको तथ्यांक कार्यालयले जनाएको छ।
    जसमध्ये पुरुष १७ लाख ९९ हजार ६७५ जना (८२.२ प्रतिशत) र महिला तीन लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) रहेका छन् । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए ।३ प्रतिशत बालबालिका आमा-बुवा दुबैसँग बस्न पाउँदैनन्१८ वर्षमुनिका बालबालिकाको जनसंख्या कुल ९८ लाख ६९ हजार ५८३ जना देखिएको छ। यीमध्ये ७.९ प्रतिशत बालबालिकाहरू आमाबाबु दुबैसँग बस्ने गरेका छन् । आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत बस्ने गरेका छन्। बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत र अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत रहेको छ।३१ प्रतिशत परिवारमा महिलाको नेतृत्वनेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार छन्। जसमध्ये ३१.५५ प्रतिशत परिवार मूली महिला रहेका छन्। २०६८ को तुलनामा ५.८२ प्रतिशत बिन्दुले बढी हो ।

    Advertisement

    शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक
    भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला
    ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो
    सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती
    जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता
    सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

    भर्खरै

    • १.
      नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

    • २.
      भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

    • ३.
      ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

    • ४.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ५.
      जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

    • ६.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    • ७.
      नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा उच्च वृद्धि

    • ८.
      बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.