×
सोमबार, भदौ ०९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा

नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह

नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता

ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ : गगन थापा

तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी

परराष्ट्रमन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीको धन्यवाद

लोकप्रिय समाचार

  • १. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • २. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • ३. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ४. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • ५. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ६. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ७. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ८. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ९. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • १०. संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत


  •   बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
  • ललितपुर । ललितपुरको लगनखेल बाट सडक यात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिन अघि सम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो । घ्याम्पे दह बाट घट्टे खोला सम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ । “लहलह झुलेर मनमोहक देखिएका धान भित्र्याउने बेला भइरहेको थियो, बिहीबार राति देखि परेको पानी पछि उर्लिएर आएको बागमतीले त्यो सबै सखाप गर्‍यो । सात मुरी धान फल्ने सबै खेत खाइदियो, सबै खेत बगर बनाइदियो उनी भन्छन् ।

    Advertisement

    दशैं अघि थन्क्याइ सक्ने तयारी गरिएको धान बाली सहित उब्जाउ हुने खेत बगरमा परिणत भए पछि आश्रङका किसान निराश छन् । यहाँको फाँटमा करिब १५ सय रोपनी जति खेत थियो भन्छन्, वडाध्यक्ष नारायण भोम्जन । “धान सहित खेत लगिहाल्यो, सबै तिर बाटो बन्द छ, बिरामी हुँदा अस्पताल लैजान सक्ने अवस्था छैन, सबैको घरमा रासन सकिन लाग्यो । सबै तिर बेहाल छ। अध्यक्ष भोम्जनले भने,“वडामा क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । तत्कालै राहत दिनुपर्ने नौ परिवार छन्, सुकुम्बासी बस्तीका पाँच घर बगायो, अरु पाँच घर पनि चर्केका छन्, बस्न मिल्दैन । यहाँ दुई दर्जन जति निजी घरमा क्षति पुगेको छ ।

    बागमती गाउँपालिकाको वडा नं १, २, ४, ६ र ७ बागमती नदी किनारमा पर्छन् । यहाँका अरू वडा मध्ये आश्रङले धेरै क्षति ब्यहोर्नु परेको छ । अविरल वर्षा सँगको बाढीले वडा नं ५ इकुडोलको पक्की पुल बगाएको छ । गाउँपालिका बाट वडा कार्यालय सम्म पुग्ने सडक ५० भन्दा बढी स्थानमा भत्किएको छ । कलवन भन्ने ठाउँमा स्थानीय रणबहादुर दर्लामीको घर तथा यहाँको झोलुङ्गे पुल खोलाले बगाएको छ ।

    यस्तै, कान्तिलोकपथको बगुवाको सवारीसाधन आवतजावत गर्ने पुल नै बागमतीले बगाएको छ । वर्षाले निम्त्याएको विपत्तिका कारण ललितपुरको दक्षिणी भेगमा रहेका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्क विहीन बनेका छन् । विपत्तिका कारण महाँकाल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजन र मानवीय क्षति ब्यहोर्नु परेको राहत र उद्धारका लागि सञ्चार समन्वय नहुँदा समस्या भइरहेको छ ।

    यहाँका बिरामीलाई उपचारका लागि लिनुपर्दा हेलिकप्टको प्रयोग बाध्यात्मक बनेको छ । त्यसैले त आइतबार र सोमबार हेलिकप्टर बाट प्युटार र गोटिखेल बाट बिरामीलाई पाटन अस्पताल पुर्‍याइयो । बुधबार हेलिकप्टरबाट राहत सामग्री यहाँ ल्याइएको थियो । “लेले चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द छ, विद्युतका खम्बाहरू ढलेका छन् । जसका कारण पाटन बाट गाउँपालिका सम्म आउन असहज भएको छ”, महाँकाल गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले भने ।

    बाढीपहिरो बाट गोटीखेलको हिलसाइज अङ्ग्रेजी माध्यमिक विद्यालय, वैतर्णीधाम मन्दिर, वन कार्यालय भवन, टुङ्गन इलाका प्रहरी चौकी बगाएको छ । अवरुद्ध रहेको कान्तिलोकपथ खुलाउनका लागि डोजर प्रयोग गरेर सडक सफा गर्ने काम भइरहेको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । “अहिले तीनपाने भञ्ज्याङ सम्म एकतर्फी सडक सञ्चालन हुन्छ, डोजर प्रयोग गरेर सफा गर्यौँ, अब छपेली सम्म सफा हुन्छ”, उनले भने ।

    ठोस्ने खोलामा आएको बाढीका कारण कोञ्ज्योसोम गाउँपालिकाका–३ दल्चोकीको सिलिङ्गेबेसी २२ वटा घर बगाएको उपाध्यक्ष राजनप्रसाद घिमिरेले जानकारी गराए । “पालिका भित्र ४० घर बगाएको र पुरिएको छ, वडा नं २ शङ्खुमा चार घर, सिलिङ्गेबेसीमा २२ घर र वडा नं १ चौघरेमा एक घर क्षति भएको छ । तीन जनाको ज्यान गएको छ”, उनले भने ।

    दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका बाढी पहिरोेमा परेर १३ जनाले ज्यान गुमाएको र अझै पाँच जना बेपत्ता रहेको महाँकाल गाउँपालिका उपाध्यक्ष डोल्मामाया लामाले बताए । “बाढी पहिरोले मानवीय क्षतिका साथै धेरै भौतिक क्षति भएको छ, यहाँ शुक्रबार देखि कार्यालय खुल्न सकेको छैन, प्रमुख प्रशासकीय अधिकृत नै पालिका कार्यालय पुग्न सकेका छैनन् ”, उनले भने ।
    रासस

    बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न
    ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद
    मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
    सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा
    नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह
    नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता

    Facebook Page

    लोकप्रिय

    • १.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • २.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • ३.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ४.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • ५.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ६.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    भर्खरै

    • १.
      धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

    • २.
      ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

    • ३.
      मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

    • ४.
      सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा

    • ५.
      नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह

    • ६.
      नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता

    • ७.
      ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ : गगन थापा

    • ८.
      तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.