• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

दशौं सर्वाधिक कमाउने फिल्मको कीर्तिमानमा अवतार २ !


  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
  • काठमाडौं । हलमा प्रदर्शन सुरु भएको २२ दिनपछि हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार ः द वे अफ वाटर’ले विश्वभर १.५ बिलियन डलर कमाएको छ ।यो कमाइसँगै फिल्मले टम क्रुज स्टारर ‘टपगन माभेरिक’लाई उछिनेको छ भने विश्व फिल्म इतिहासमा दशौं सर्वाधिक कमाउने फिल्मको कीर्तिमान समेत रचेको छ । नेपालमा भने बिहीबारसम्म साढे ८ करोड रुपैयाँ कमाइ रहेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

    Advertisement

    विश्व फिल्मका लागि यो एक उल्लेखनीय उपलब्धि हो, विशेषगरी पहिलो सप्ताहन्तमा अवतार २ को ओपनिङ हलिउडले आशा गरेभन्दा निकै उच्च । तर जेम्स क्यामरुनको ‘अवतार’ सिक्वेल व्यस्त छुट्टीको समयमा दर्शकका लागि वास्तविक छनोट बन्यो, जसले साइन्स फिक्सन फिल्मको महत्वलाई अझै उचाइमा लग्यो । अवतारको यो कमाइमा दोहोर्‍याएर हेर्ने दर्शक, आईम्याक्सको व्यापार र दर्शकको सकारात्मक समीक्षा प्रमुख तत्व बने । यसले भाइरस महामारीपछि समस्या खेपिरहेका सिनेमाघरलाई पनि पुनर्जीवन दियो ।

    सन् २०१९ मा ट्वेन्टिथ सेन्चुरी फक्सबाट अधिकार खरिद गरेको डिज्नीले अवतार २ निर्माण गर्न ३५० मिलियन डलर खर्च गरेको छ । निर्देशक क्यामरुनका अनुसार फिल्मले लगानी उठाउन पनि फिल्मले दुई बिलियन डलर कमाउनैपर्छ । साथै, क्यामरुनले फिल्मका थप तीन सिक्वेल निर्माणको घोषणा गरिसकेका छन् । फिल्म वितरकबीच एक लोकप्रिय भनाइ छ कि तपाईं पहिलो सप्ताहन्तको व्यापार हेरेर फिल्मको लाइफटाइम कलेक्सनलाई न्याय गर्न सक्नुहुन्न । यो उक्ति ‘अवतार : द वे अफ वाटर’ र यसको १३४ मिलियन डलरको ओपनिङलाई लिएर सत्य सावित भयो । यो फिल्मको पहिलो श्रृंखलाको लागि पनि समान रूपमा सही थियो, जसले सन् २००९ मा उत्तर अमेरिकामा ७७ मिलियन डलरको ओपनिङ गरेको थियो भने विश्वव्यापी रूपमा २.९ बिलियन डलरको साथ इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ।

    पहिले नै क्रिसमस र नयाँवर्षको बीचको बिदाको कारण फिल्मले आकर्षक कमाइ गर्न सक्यो । यसको अर्थ फिल्मको नेभी पात्रलाई लिएर दर्शकको मनमा अझै प्रेम थियो । फिल्म पण्डितहरु विश्वास गर्छन् कि अवतारको दोस्रो सिक्वेलले स्थिर शक्ति प्रदर्शन गरेको छ भने न्यूनतम १.८२५ बिलियन डलर कमाउन सक्छ । कोरोना महामारीको समयमा लगभग असम्भव जस्तो मानिने दुई बिलियन डलरको आँकडाको नजिक कमाइ गर्नु आफैंमा ठूलै उपलब्धि हो । कोभिडकै समयमा रिलिज भएको तर चीनमा नलागेको सुपरहिरो फिल्म ‘स्पाइडरम्यान नो वे होम’ले १.९ बिलियन डलर त कमायो तर दुई बिलियनको आँकडा पार गर्न सकेन ।

    दुई बिलियन डलरको आँकडा पार गर्न यसले दुई ठूला फिल्म बजारहरु चीन र उत्तर अमेरिकामा मात्र राम्रो प्रदर्शन गरेर हुँदैन । बरु यसलाई विश्वभरका हरेक उमेर समूहका दर्शकमाझ जारी राख्न आवश्यक छ । यो अहिलेसम्म सफल हुन सकेको छ किनभने यो वास्तविक ब्लकबस्टर फिल्म हो जसले फिल्म हेर्र्ने पुरुष, महिला, युवा र वृद्ध सबैलाई अपील गरेको छ।

    मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’
    बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ
    प्रियंका कार्कीको ‘मास्टर्नी’ को कमाइ ४० लाख
    ‘बेहुली’ भदौ २६ देखि देशभर प्रदर्शनमा
    मुहूर्तसँगै ‘रातो घेरा’को यात्रा सुरु, अर्को सातादेखि छायाङ्कन
    बक्स अफिस सफलतापछि ‘लालीबजार’ टोलीको सेलिब्रेसन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.