काठमाडौँ। आज सोमबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ। सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २८ हजार २ सय रुपैयाँमा झरेको हो ।
आइतबार र शुक्रबार सुन प्रतितोला १ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो, जुन मूल्य हालसम्मकै उच्च हो ।
चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७०५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।