काठमाडौँ। सुनको मूल्यले फेरी नया रेकर्ड कायम गरेको छ। बुधबार (आज)फेरि तोलामा ५ सय रुपैयाँ बढेपछि मंगलबारको रेकर्ड तोडिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बुधबार १ लाख २३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदीको मूल्य भने मंगलबारको तुलनामा ५ रुपैयाँ सस्तो भएको छ।
बुधबार चाँदी १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको हो।