• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

पल प्रकरण : पूर्वी नवलपरासीमा प्रहरीले छुट्टै अनुसन्धान प्रतिवेदन बुझाउँदै


  •   बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
  • काठमाडौँ: जबर्जस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई पूर्वी नवलपरासी प्रहरीले बयान सकेर तनहुँमा फिर्ता पठाएको छ । फागुन २४ मा तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएका शाहसँग प्रहरीले बयान लिएर एक साता अनुसन्धान गरेको थियो ।

    Advertisement

    साहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता गरिएको थियो । तनहुँमा जाहेरी दिएकी नावालिगले नै पूर्वी नवलपरासीमा जाहेरी दिएकी हुन् । पूर्वी नवलपरासीमा शाहले नाबालिगलाई बलात्कार गरेको आरोपबारे अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पूर्व नवलपरासीमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । नावालिगलाई उनले फरक समयमा पूर्वी नवलपरासीमा पनि बलात्कार गरेको आरोप छ ।

    ‘अनुसन्धान सकेर हामी पूर्वी नवलपरासी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँछौँ’ पूर्वी नवलपरासीका एसपी प्रज्वल महर्जनले रातोपाटीसँग भने–‘मुद्दा फरक–फरक दर्ता गर्ने वा तनहुँमा नै मिसिल पठाउने भन्नेबारे सरकारी वकिल कार्यालयबाट निर्णय हुन्छ ।’

    फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) प्रहरीको हिरासतमा छन् । शाहका म्यानेजर कृष्ण जोशीमाथि पनि प्रहरीले ‘बलात्कार मतियार’ को आरोपमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । तनहुँ प्रहरीले अहिलेसम्म सो प्रकरणमा जोडिएका ५ जनासँग बयान लिएको छ । तनहुँ प्रहरीले नाबालिग र शाह बसेको घरका घरधनी प्रदिप थापा र उनको पत्नीसँग बयान लिएको छ । घरधनी दम्पतीले प्रहरीसँग भनेका छन्–‘त्यसदिन पल र बालिकासँगै बसेका हुन् ।’ घटना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रदिप थापा दम्पतीले बालिकाको उजुरीलाई सहयोग पुग्नेगरी बयान दिएका छन् ।

    कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंसँग पनि प्रहरीले बयान लिइसकेको छ । आरोपी पल शाहले चाहिँ ‘बलात्कार’ अस्वीकार गरेका छन् । तनहुँका अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीसँगको बयानमा शाहले आरोप अस्वीकार गरेका हुन् । प्रहरीले पीडित बालिकाको पनि घटना विवरण कागज गराएको छ ।

    शाहबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले रातोपाटीलाई बताए । ‘म्यानेजरबारे पनि अनुसन्धान हुँदैछ’ डिएसपी खड्काले भने–‘शाहलाई पूर्वी नवलपरासीबाट तनहुँमा ल्याइएको छ, अब थप अनुसन्धान अघि बढाउँछौँ ।’ तनहुँ जिल्ला अदालतले शाहलाई दोस्रोपटक थप १२ दिन हिरासतमा राख्न अनुमती दिएको थियो ।

    • paul shah photo
    • पल शाह
    • पल शाह फोटो
    बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !
    सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
    कीर्तिपुरमा पार्किङ गरेर राखिएको कारमा अचानक आगलागी,भित्र भेटियो एक जना पुरुषको शव
    ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.