• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

‘पिर’को ऐनामा प्रचण्ड र उनका अनुयायीको अनुहार


  •   आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
  • काठमाडौँ: गीतले अहिले पनि जतिसुकै निराश भए, जति पिर परे पनि भूइँतहका माओवादी ‘वीर’हरू आज पनि आपसी सम्बन्धलाई कति पवित्र सम्झन्छन् भन्ने नै देखाएको छ ।

    Advertisement

    प्रकाश सपूतको ‘पिर’ गीतको कभर फोटोमा लेखिएको शब्द देख्ने बित्तिकै दिमागमा आउने अर्को शब्द हो ‘वीर’ । खासमा त्यो फोटोले ‘वीर’ र ‘पिर’ दुवैको कथा भन्छ । यसले परिवर्तनका लागि योगदान गरेका भुइँतहका नेपाली युवा युवतीको विगतलाई सम्मान गरेको छ । साथसाथै उक्त गीतको कथाले उनीहरूले भोग्नुपरेको वर्तमानको पीडाप्रति सहनुभूति प्रकट गरेको छ । गीतमा निराशा छ, पीडा छ, चित्कार छ । तर, पीडा, कुण्ठा, निराशा र चित्कार व्यक्त गर्न पनि आँट चाहिन्छ- शक्तिशालीका विरुद्ध जाने आँट ।

    पीडा, कुण्ठा र निराशा शक्तिशालीले शक्तिहीनमाथि गरेको अन्याय र अत्याचारका प्रमाण हुन् । शक्तिशालीहरूले आफूले गरेको अन्याय र अत्याचारको प्रमाण मेटाउन पीडा, कुण्ठा र निराशाजस्ता शब्दलाई नकारात्मक अर्थ दिने गर्छन् ।

    शक्तिशालीहरूको भाष्यमा अत्याचार र अन्याय गरिरहने उनीहरू आफू सकारात्मकताका चरमचुली हुन् । अन्यायका विरूद्ध कुण्ठा, पीडा र निराशा व्यक्त गर्नेहरू नकारात्मकताका नरककुण्ड हुन् । आज जसले प्रकाश सपूतको ‘पिर’ गीतको पक्षमा उभिनेलाई कुण्ठित र निराश भनेका छन्, उनीहरू माओवादी नेताहरूले नेपाली युवासित गरेको झूटको खेती, विश्वासघात र धोकाको प्रमाण मेटाउन चाहन्छन् । हिजोका वीरहरूको आजको ‘पिर’ नेपाली इतिहासमा युवाहरूमाथि माओवादी नेतृत्वले गरेको गद्दारीको प्रमाण हो । प्रकाश सपूतको यो गीतमा नेपालको माओवादी नेताहरूको अनुहार निकै घिनलाग्दो देखिन्छ । आफ्नो विद्रुप अनुहार देखेपछि माओवादी नेताहरू आतङ्कित भएका छन् र आफ्ना विवेकहीन कार्यकर्तालाई सामाजिक सञ्जालमा प्रकाश सपूतका विरुद्ध उतारेका छन् ।

    प्रचण्ड मार्काका माओवादी नेताहरू र माओवादी विरोधीहरूको व्यवहारमा एउटा समानता छ । त्यो समानता भनेको के हो भने पूर्व माओवादी कार्यकर्ताहरूको ‘पिर’ वा पीडाले यी दुवै थरीलाई कत्ति पनि दुख्दैन । यिनीहरू दुवैथरी नै सम्भ्रान्तहरू हुन् । हेर्नुस् न आज कसरी सत्तामा बसेर सहभोज गरिरहेका छन्? माओवादीका सम्भ्रान्त र माओवादी विरोधी सम्भ्रान्तहरूका सन्तानहरू कोही बेलायत छन् र कोही अमेरिका । उनीहरू कसैका सन्तान पनि खाडीको गर्मीको भुङ्ग्रोमा उसिल्टिनु परेको छैन । उनीहरू कसैका सन्तानको पनि युद्धका बम र गोलीले शरीर ‘कुरूप’ बनाएको छैन । त्यसकारण, सपना लुटिएर खाडीमा बेचिन बाध्य युवाहरूको ‘पिर’ले उनीहरूलाई पोल्दैन ।

    माओवादी र माओवादी विरोधी नवधनाढ्यहरूको विचारमा गीतहरूमा युद्धका घाउ देखाउनु अपराध हो । किनकि, ती घाउहरू उनीहरूले विगतमा राज्य र विद्रोही पक्षको नेतृत्वमा बसेर मच्चाएको हिंसाका प्रमाण हुन् । ती घाउहरू प्रचण्ड र उनका अनुयायीका वैभव निर्माण गर्ने घाउहरू हुन् । ती घाउहरूले नेपालका माओवादी नवधनाढ्यहरूको महल कसरी आम ‘वीर’ योद्धाहरूको रगत, हाड र मासुले बनेको छ भन्ने उजागर गर्छन् । ती महलहरूले आज ती ‘वीर’हरूलाई कति धेरै पिर दिएको छ भन्ने पनि गीतले उजागर गरेको छ । त्यसकारण, हिजोका ‘वीर’हरूको आजको पिर र हिजोदेखिको घाउ उजागर गर्ने गीतका कारण खुमलटारमा खैलाबैला छ । शायद बालुवाटारमा पनि कतै न कतै लज्जाबोध भइरहेको छ ।

    प्रचण्डका अनुयायीहरूले गीतमा रहेको एउटा दृश्यलाई लिएर माओवादी महिला छापामारको अपमान गरेको भनेर कोकोहोलो मच्चाइरहेका छन् । उनीहरूले त्यसो भनिरहँदा आफ्नो पूर्वसहकर्मी महिला साथी भन्ने चिनेपछि मूल पुरुष पात्र यौनसम्बन्ध नगरी तुरुन्तै फर्किएको तथ्य लुकाएका छन् । गीतले अहिले पनि जतिसुकै निराश भए, जति पिर परे पनि भूइँतहका माओवादी ‘वीर’हरू आज पनि आपसी सम्बन्धलाई कति पवित्र सम्झन्छन् भन्ने नै देखाएको छ ।

    अर्को कुरा कुनै पूर्वमाओवादी छापामार बाध्यता वा चाहनाका कारण यौनकर्मी बन्यो भने त्यसमा यत्रो हल्लाखल्ला गर्नुपर्ने कारण के? यो गीतको कथाले चाहना होइन, बाध्यताको चित्रण गरेको छ। तर, प्रचण्डका समर्थकहरूले यो दृश्यबारे फेसबुकका भित्तामा जे लेखेका छन्, त्यसबाट उनीहरूको चरम पुरुषसत्तावादी अहङ्कार नै प्रकट भएको छ । ‘वेश्यावृत्ति’ र ‘देहव्यापार’ जस्ता शब्द प्रयोग गरेर उनीहरूले यौनकर्मीहरूको अपमान गरेका छन्। त्यसो गर्ने प्रचण्डका अनुयायीहरूलाई हाम्रो युगकी प्रतिनिधि कवयित्रि निभा शाहले ‘म वेश्या’ शीर्षकको कवितामा लेखेका निम्न हरफहरू पढ्न अनुरोध गर्दछु-

    शहीदको रगत चुस्ने
    तिम्रा ओठहरूभन्दा
    पवित्र र चोखा छन्
    हजारौंले चुसेका
    मेरा ओठहरू,
    हो म वेश्याका ओठहरू ।

    शहीदका छाती गिजोल्ने तिम्रा
    रूखा हातहरूभन्दा
    पवित्र र चोखा छन्
    मेरा छातीहरू ।

    शहीदको यौनाङ्ग चुठ्ने
    तिम्रा यौनाङ्ग भन्दा
    पवित्र र चोखा छन्
    हजारौंले चुठेका
    मेरा यौनाङ्गहरू
    हो, म वेश्याका यौनाङ्गहरू ।

    • prakash saput
    • प्रकाश सपुत
    आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना पुरुष मृत भेटिए
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.