×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

आजको फलफूलको थोक मूल्य यस्तो छ ?

Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

लोकप्रिय समाचार

  • १. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • २. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • ३. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • ४. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ५. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ६. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ७. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ८. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ९. सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

  • १०. निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

राजश्व छली कोकाकोलाविरूद्ध साढे ७ अर्बको मुद्दा


  •   शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
  • काठमाडौँ: राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा कोकाकोला र त्यसका सञ्चालकविरूद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

    Advertisement

    तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ बिगो र बिगो बराबर जरिवाना गरी जम्मा सात अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रूपैयाँ माग्दै विभागले मुद्दा दायर गरेको हो। विभागले सञ्चालकहरूसमेत गरी १७ जनालाई प्रतिवादी बनाएको छ।

    बोटलर्स नेपाल लिमिटेडसमेत रहेको उक्त मुद्दामा कोकाकोलाका अध्यक्ष सुक्ला वासन, निर्देशकहरू मोहम्मद अमिन घोनेइम, मेल्भिम तान चुन पिङ, गौरब खोस्ला, सुन्दीप बावझरिया, देबब्राटा मुखर्जी, सुमानता दत्त, जावहर सोलाई कुप्पुस्वामीलाई प्रतिवादी बनाइएको छ।

    यसैगरी, कम्पनीका प्रबन्ध निर्देशक, आर्थिक कारोबार तथा लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका ८ जनालाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ।

    उनीहरूमा प्रबन्ध निर्देशक प्रदीप पाण्डे, पुनित चन्द्रपाल भर्साने, फाइनान्स म्यानेजर राजीभ टण्डन, भरतबाबु दाहाल, सुमित गोयल, फाइनास्स कन्ट्रोलर अशोककुमार मण्डल, बोर्ड डाइरेक्टर त्रिलोचन उप्रेती र चार्टर्ड एकाउन्टेन्ट सञ्जीवकुमार मिश्र छन्।

    उनीहरू सबैलाई बिगो ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ बिगो, बिगो बराबर जरिवाना र कैदसमेत माग गरिएको छ। यस्तै प्रतिवादीहरू पाण्डे, भर्साने, टण्डन, दाहाल, गोयल, मण्डल, उप्रती र मिश्रसँग सो रकमको ब्याजसमेत असुल गर्ने प्रयोजनका लागि मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए।

    पौडेलका अनुसार बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोलाको एसिया (कोकाकोला साबको) को शतप्रतिशत सेयर हस्तान्तरण हुँदा कर छली भएको अभियोग छ।

    २०७१ कात्तिक ७ गते साबकोले आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा बोटलर्स नेपालमा रहेको निहित सेयर स्वामित्व परिवर्तन भएको थियो।

    कोकाकोला साबको र युरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदा पुँजीगत लाभकर छलेको पाइएको पौडेलले बताए। जसमा सेयर बिक्रीबापतको पुँजीगत लाभ, आयकर, शुल्क, ब्याजसमेतका आधारमा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ छली भएको देखिएको पौडेलले बताए।

    साबको र युरोपियन रिफ्रेसमेन्टबीच कारोबार हुँदा बोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता सेयरको स्वतन्त्र बजार मूल्य ती हजार ८८३ थियो। बोटलर्स नेपालमा रहेको १४ लाख ८४ हजार ३०१ कित्ता सेयर बिक्रीमा कर छलेको आरोप लागेपछि विभागले अनुसन्धान थालेको थियो।

    • राजस्व अनुसन्धान बिभाग
    शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा
    पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी
    संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा
    आजको फलफूलको थोक मूल्य यस्तो छ ?
    Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !
    कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    Facebook Page

    लोकप्रिय

    • १.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • २.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ३.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • ४.
      साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

    • ५.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    • ६.
      सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

    भर्खरै

    • १.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • २.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    • ३.
      संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

    • ४.
      आजको फलफूलको थोक मूल्य यस्तो छ ?

    • ५.
      Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

    • ६.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.