• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • ४. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ८. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

औसतमा प्रत्येक महिना तीन युट्युबरविरुद्ध प्रहरीमा उजुरी


  •   शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
  • काठमाडौँ: साइबर अपराधका घटनामा एकपछि अर्को युट्युबर जोडिन थालेका छन् । भ्रमपूर्ण सूचना सम्प्रेषण गर्ने मामिलामा युट्युबरहरू सक्रिय भएपछि पछिल्लो समय प्रहरीले उनीहरूमाथिको निगरानी बढाएको छ । प्रहरीको साइबर ब्युरोका अनुसार औसतमा प्रत्येक महिना तीन जना युट्युबरमाथि उजुरी पर्ने गरेको देखिन्छ । यस्ता अधिकांश उजुरीहरूमा मानहानी, चरित्रहत्या, अनर्गल प्रचार र भ्रमपूर्ण सूचनाहरू फैलाएको आरोप लाग्ने गरेको छ ।

    Advertisement

    २०७५ जेठमा नेपाल प्रहरीको साइबर ब्युरो स्थापना भएपछि हालसम्म ८८ युट्युबरहरू माथि साइबर अपराधको उजुरी परेको छ । प्रहरीका अनुसार योबीचमा १९ जना युट्यबरहरू पक्राउ परेका छन् । पक्राउ परेका सबै युट्युबरमाथि विद्युतीय कारोबार ऐन २०६३ अर्न्तगत मुद्दा चलाइएको छ ।

    साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालका अनुसार पक्राउ परेका सबैजसो युट्युबरमाथि चरित्रहत्या, मानहानी, भ्रमपूर्ण सूचनाको वितरणजस्ता आरोपहरू लाग्ने गरेको छ । नाबालिकामाथि बलात्कार र यौन हिंसाको आरोपमा पत्रकार पल शाह पक्राउको पृष्ठभूमिमा पक्राउ परेका युट्युबरहरूमाथि भने गोपनीयताको हक उल्लंघन, चरित्रहत्यादेखि अनुसन्धानलाई प्रभावित पार्न खोज्नेजस्ता आरोपहरू लागेका छन् ।

    पल शाह पक्राउपछि मात्रै साइबर ब्युरोले दुई युट्युबर र युट्युबमार्फत‍ भ्रमपूर्ण कुरा फैलाउने एक जना पक्राउ परिसकेका छन् । ब्युरोले नेपाल मिडिया नामक युट्युबमार्फत भ्रम फैलाउने, अनर्गल वक्तव्यबाजी गरेको आरोपमा नार्गजुन ८ का ५३ वर्षीय हरि उदासी भन्ने हरि परियारलाई पक्राउ गर्‍यो । सोही दिन ब्युरोले विशाल नेपाल नामक युट्युब च्यानल चलाउने लमजुङ राइनस नगरपालिका घर भई हाल तारकेश्वर ४ बस्ने २७ वर्षीय निशान चिलवाललाई पक्राउ गर्‍यो । त्यसअघि प्रहरीले गत सोमबार क्लेब नेपाल नामक युट्युब च्यानलका संचालक रुपन्देहीको बुटवल नगरपालिका १३ रुपन्देही बस्ने २१ वर्षको राहुल थापा पक्राउ परे ।

    असोजयता को को युट्युबरहरू पक्राउ परे

    ३ फागुन
    नेपाली प्र्यांकस्टर्स नामक युट्युब च्यानल संचालक झापा विर्तामोड ४ घर भई हाल भक्तपुरको कौशलटार बस्ने २७ वर्षीय आकाश सेढाई पक्राउ । उनीमाथि सार्वजनिक स्थानमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधरण व्यक्तिलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिएको आरोप छ ।

    १२ पुस
    साथीभाइ अनलाइन टिभी नामक युट्युब च्यानलमार्फत अश्लिल शिर्षक राखी समाजमा अश्लिलता फैलाउने भिडियो प्रसार गरेकोमा अनामनगर बस्ने ३१ वर्षीय रामबहादुर मल्ल पक्राउ ।

    २६ मंसिर
    टेन्सन ब्रो नामक युट्युब च्यानलमार्फत अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाएको आरोपमा बुढानिलकण्ठ-४ बस्ने २१ वर्षीय भरतबहादुर तिरुवा पक्राउ ।

    १३ असोज
    युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अर्न्तवार्ता तथा फोटोसहितको विवरण राखेको आरोपमा दैनिक खबर युट्युब संचालन गर्ने गोर्कणेश्वर बस्ने २१ वर्षका प्रदीप भण्डारी, हरेक पलको खबर नामक युट्युबका संचालक काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सिराइचुली मिडिया नामक युट्युब च्यानलका संचालक ३५ वर्षीय पिंकला कार्की र मोडर्न अनलाइन टिभीका संचालक गोर्कणेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ पक्राउ ।

    • paul kanda
    • samikshya kanda
    • साइबर अपराध
    शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
    गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • ४.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ३.
      राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

    • ४.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • ५.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ७.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ८.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.