• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, पुष ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ९. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • १०. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

एमसीसीबारे जसपा अझै अनिर्णीत


  •   शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
  • काठमाडौँ : जनता समाजवादी पार्टी नेपालले एमसीसी बारेमा फागुन ८ पछि मात्र आफ्नो धारणा बनाउने भएको छ । जसपा नेपालबाट एमसीसीको बारेमा नेतापिच्छे फरक फरक धारणा आइरहे पनि पार्टीको आधिकारिक धारणा के हो भन्ने हालसम्म तय भएको छैन । फागुन ८ गते बस्ने पाँच दलीय सत्ता गठबन्धनको बैठकमा एमसीसीको बारेमा एउटा धारणा बन्ने अपेक्षा गरिएको छ । र, त्यसपछि संसद्को बैठक समेत बस्नेछ ।

    Advertisement

    गठबन्धन र संसद्मा एमसीसीको अवस्था हेरेर मात्र जसपा नेपालले ठोस निर्णय लिने जसपाका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहले रातोपाटीलाई बताए । उनले भने, ‘पार्टीका नेताहरूले व्यक्तिगत रुपमा धारणा दिइरहनु भएको छ । त्यो पार्टीको आधिकारिक धारणा होइन । पार्टीको संसदीय दलको बैठक बसेर त्यसको बारेमा आधिकारिक निर्णय लिन्छ ।’

    फागुन ८ गतेको संसद् बैठकमा एमसीसी टेबल भए त्यसको बारेमा धारणा बनाउन पार्टी संसदीय दलको बैठक बस्ने उनले बताए । सदनमा एमसीसी प्रस्तुत भइसकेपछि त्यसको पक्षमा उभिने कि विपक्षमा उभिने त्यसको बारेमा निर्णय गर्न संसदीय दलको बैठक बस्ने उनले बताए ।

    जसपामा एमसीसीको विषय लिएर दुईटा धार देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव एमसीसीको विरुद्धमा छन् । तर उनले आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । पार्टीको आन्तरिक बैठकहरूमा अध्यक्ष यादवले एमसीसीको विरुद्धमा नै आफ्नो धारणा राख्ने गरेका छन् । तर पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले भने एमसीसीको पक्षमा अभिव्यक्ति दिइरहेका छन् ।

    जसपा नेपालका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले पार्टीका अध्यक्ष यादवले बैठक नै नबसाएको कारण एमसीसीको बारेमा पार्टीमा आधिकारिक धारणा नबनेको बताए । उनले भने, ‘उपेन्द्रजीले पार्टीको बैठक बसाएर त्यसमा छलफल गराएको भए हुन्थ्यो । त्यस्तो नगरेको कारण अन्योल छ, पार्टीका नेताहरूले आआफ्नो धारणा दिइरहनु भएको छ ।’ आफू पनि एमसीसीको पक्षमा रहेको बताउँदै उनले पार्टीका परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पनि एमसीसीकै पक्षमा रहेको बताए ।

    अब पार्टीले एमसीसीको विपक्षमा निर्णय गरे पनि त्यसको विरुद्धमा अध्यक्ष भट्टराई जाने बताइएको छ । संसद्मा एमसीसी प्रस्तुत भएपछि त्यसको विपक्षमा मतदान गर्न जसपाका संसदीय दलले ह्वीप जारी गरे पनि अध्यक्ष भट्टराईले त्यसलाई उल्लङ्घन गरेर एक्लै भए पनि एमसीसीको पक्षमा मतदान गर्ने प्रचार विभाग प्रमुख खतिवडाले बताए । ‘अध्यक्ष भट्टराई आफू प्रधानमन्त्री भएको बेला यो एमसीसी आएको हो । त्यसलाई त्यतिकै छाड्न मिल्दैन, त्यसले वहाँले पार्टीबाट एक्लै भए पनि एमसीसीको पक्षमा मतदान गर्नुहुन्न| उनले भने ।

    यता, अध्यक्ष भट्टराई पक्षधर मानिएका जसपाका केन्द्रीय सदस्य रामरिझन यादवले पनि एमसीसीको बारेमा धारणा बनाउन पार्टीको बैठक बस्नुपर्ने बताएका छन् । एमसीसीको सन्दर्भमा प्रायः सबै राष्ट्रिय राजनीतिक दलको बैठक बसेको तर जसपामा त्यसो हुन नसकेकोमा आफूलाई दुःख लागेको उनले बताए । कमसेकम बैठक बसेर एउटा औपचारिक निर्णय हुन सकेको भए राम्रो हुने बताउँदै उनले तत्काल पार्टीको बैठक बसाएर एमसीसीको बारेमा निर्णय लिन अध्यक्ष यादवसँग आग्रह गरे ।

    शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
    गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    भर्खरै

    • १.
      रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

    • २.
      निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

    • ३.
      एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

    • ४.
      एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

    • ५.
      ४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

    • ६.
      कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

    • ७.
      गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

    • ८.
      एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.