• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

नेपालमा बज्यो खतराको घण्टी वीरगञ्जमा २४ नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि !


  •   शनिबार, पुष २४, २०७८ मा प्रकाशित
  • २३ पुस, वीरगञ्ज । पछिल्लो २४ घण्टामा वीरगञ्जमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ वटा स्वाब नमूना परीक्षण गर्दा ७ वटा पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख सूक्ष्म जीव विज्ञ प्रभाकर पाण्डेले जानकारी दिए । संक्रमणको दर १२–१३ प्रतिशतबाट एकैपटक २९ प्रतिशत पुगेको छ’ उनले भने, ‘यो राम्रो संकेत होइन, सबै सतर्क भएर बस्नुपर्छ । संक्रमित शून्य अवस्थामा पुगिसकेकोे वीरगञ्जमा क्रमशः संक्रमित देखिन थालेका छन् । पुस १६ गते २२ वटा स्वाब नमूना परीक्षण गर्दा ३ जना, १९ गते २४ वटामा ३, २१ गते ३३ वटामा ४ वटा पोजेटिभ देखिएको थियो ।

    Advertisement

    कोरोनाको ग्राफ अझै बढ्न सक्ने अनुमान चिकित्सकहरुले गरेका छन् । नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले नयाँ वर्ष मनाउन वा अन्य कामको सिलसिलामा भारतका विभिन्न शहर पुगेर फर्केकाहरुमा कोरोना संक्रमण देखिएकोले संक्रमण अझै बढ्न सक्ने बताए । भारतका विभिन्न राज्यमा ओमिक्रोन भेरियन्ट फैलिएको छ, त्यसैको असर नेपालमा देखिन थालेको छ’ उनले भने, ‘संक्रमणको ग्राफ अझै बढ्न सक्छ । कोरोना भाइरस विरुद्धको खोप लगाइसकेकाहरुमा कडा संक्रमण नदेखिएको बताउँदै उनले स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अवलम्बनमा लापरबाही घातक हुनसक्ने बताए ।

    उनले जोखिम क्षेत्रबाट फर्केकालाई होल्डिङ सेन्टरमा राख्नुपर्ने, जनशक्ति तथा अन्य आवश्यक स्वास्थ्य उपकरण र अक्सिजन तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ छ । जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पछिल्लो अवस्थाको बारेमा आइतबार सर्वदलीय बैठक राखेर छलफल गर्ने तयारी भइरहेको जानकारी दिए । नाकामा १० जनामा कोरोना संक्रमण पुष्टि वीरगञ्ज इनर्वास्थित हेल्थ डेस्कमा एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नाका हुँदै नेपाल भित्रिन खोज्नेहरुको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    हेल्थ डेस्कमा भारत हुँदै नेपाल छिर्ने सर्वसाधारणहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । शुक्रबार २३७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १० जनामा पोजेटिभ देखिएको वीरगञ्ज महानगरपालिकाका हेल्थ असिस्टेन्ट सुमनचन्द्र ठाकुरले जानकारी दिए । विद्यालयमा फोकल पर्सन तोकिने मौसम र कोरोना संक्रमणको पछिल्लो प्रतिकुल अवस्थाको बारेमा शैक्षिक वृत्तमा पनि छलफल शुरु भएको छ । वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले महानगरका सामुदायिक, निजी तथा आवासीय विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेको हो ।

    बैठकले विद्यालयहरुमा कोभिड–१९ संक्रमण भित्रिन नदिन गेटमै थर्मल गनले तापक्रम नाप्ने, नो मास्क, नो इन्ट्री पालना गराउने, साबुनपानीले हात धुने व्यवस्था मिलाउने जस्ता स्वास्थ्य सुरक्षा सतर्कताका उपाय पालनामा कडाइ गर्ने निर्णय गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए । त्यसैगरी बैठकले प्रतिकूल मौसम वा कोभिड संक्रमणले विद्यालय बन्द गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान गर्दै परीक्षाहरु लिइसक्ने, वैकल्पिक शिक्षण सिकाइ सहजीकरणका लागि आवश्यक पूर्व तयारी गर्ने निर्णय समेत गरेको छ ।

    विद्यार्थीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएमा वा अन्य आपतकालीन अवस्था आइपरेमा समन्वय गर्नका लागि प्रत्येक विद्यालयमा फोकल पर्सन तोक्ने निर्णय पनि बैठकले गरेको प्रमुख कर्णले बताए ।

    शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.