१९ कात्तिक, काठमाडौं । सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
बिहीबार बिहान चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार पहिचान नखुलेका दुई पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



