काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले क्रान्तिलाई केन्द्रमा राखेर कम्युनिस्ट शक्तिहरूबीच एकता गर्नुपर्ने बताएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै उनले कम्युनिस्ट शक्तिहरूलाई विभाजन र कमजोर बनाउने साम्राज्यवादी षड्यन्त्र परास्त गर्न एकता आवश्यक रहेको बताएका हुन् ।
एकताका नाममा सबैसँग घुलमिल हुने नीति लिन नहुने उनको भनाइ छ । एकतालाई हतार र सस्तो विषय बनाउँदा थप समस्या निम्तिन सक्ने भन्दै उनले सचेत र सावधानीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।



