काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले दीपावली तथा नेपाल संवत्को पूर्वसन्ध्यामा काठमाडौँमा ‘सुकुन्दा र्याली’ आयोजना गर्ने भएको छ ।
महानगर समितिका सभापति सुशन वैद्यका अनुसार कात्तिक २१ गते शनिबार साँझ ४ बजे लगनटोलबाट र्याली सुरु हुनेछ ।
र्याली लगन, ब्रह्मटोल, बाङ्गेमुडा, ह्यूमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक र न्युरोड गेट हुँदै तेबहाल पुगेर समापन हुनेछ ।
कांग्रेस सभापति गगनकुमार थापाको सहभागिता रहने कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई आमन्त्रण गरिएको छ ।
सभापति वैद्यले र्यालीले सांस्कृतिक परम्परा, मौलिक पहिचान र सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल संवत् पूर्वसन्ध्यामा कांग्रेसको सांस्कृतिक र्याली
नेपाल संवत् पूर्वसन्ध्यामा कांग्रेसको सांस्कृतिक र्याली
तपाईको प्रतिक्रिया



