काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर र विराटनगर किङ्ग्सबीचको खेल केहीबेरमा सुरु हुँदैछ ।
जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउन सहज हुने अपेक्षासहित पहिले बलिङ रोजेको बताए । यता विराटनगरका कप्तान सन्दीप लामिछानेले भने राम्रो योगफल बनाएर त्यसलाई रक्षा गर्ने लक्ष्य रहेको बताएका छन् ।
टस हारेसँगै विराटनगरले पहिले ब्याटिङ गर्नेछ ।
जनकपुरको टस जित, विराटनगर पहिले ब्याटिङमा
जनकपुरको टस जित, विराटनगर पहिले ब्याटिङमा
तपाईको प्रतिक्रिया



