काठमाडौं । चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यू–१९ सिरिज’मा सहभागी हुने नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार कार्यक्रम आयोजना गरी टोलीलाई बिदाइ गरेको हो ।
क्यानका उपाध्यक्ष रोशन सिंहले आगामी वर्ष हुने आईसीसी यू–१९ महिला विश्वकपको तयारीस्वरूप चीनमा सिरिज खेल्न लागिएको बताए । उनले खेलाडीलाई परिपक्व खेल प्रदर्शन गर्दै उत्कृष्ट नतिजा ल्याउन सुझाव दिए ।
मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले चीन भ्रमण खेलाडीका कमजोरी सुधार्ने र अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर भएको बताए । कप्तान सोनी पाख्रिनले पनि टोली प्रतियोगिताका लागि तयार रहेको र राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् ।
क्यानका अनुसार सिरिज मंगलबारदेखि कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्यान्ड सहभागी हुनेछन् । नेपालले तीनवटै टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
चीन जाने नेपाली क्रिकेट टोलीलाई औपचारिक बिदाइ
चीन जाने नेपाली क्रिकेट टोलीलाई औपचारिक बिदाइ
तपाईको प्रतिक्रिया



