काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
बैठकमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि परेका संशोधनका विषयमा छलफल हुने कार्यसूची छ ।
छलफलका लागि समितिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, संशोधन प्रस्तावकर्ता सांसद, समितिका सदस्य तथा मन्त्रालयका सचिवलाई बोलाएको छ ।
बैठकमा विधेयकमाथि सांसदहरूले प्रस्तुत गरेका संशोधन र त्यसमा सम्बन्धित पक्षको धारणा लिइनेछ ।
कानुनमन्त्रीसँग जवाफ माग्दै कानुन समिति
कानुनमन्त्रीसँग जवाफ माग्दै कानुन समिति
तपाईको प्रतिक्रिया



