नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच सघन छलफल भइरहेको बताएका छन् ।
राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन बर्दिबास पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार गठनका विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।
‘मधेस सरकारको स्थायित्वका लागि लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरू सघन छलफलमा छौँ । चाँडै निष्कर्षमा पुग्छौँ,’ उनले भने ।
उनले राष्ट्रिय जागरण अभियान पार्टीको आन्तरिक संगठन सुदृढीकरणसँगै लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूबीच सहकार्य र समन्वय बढाउन केन्द्रित रहेको पनि बताए ।
मधेस सरकार गठनबारे प्रचण्डको भनाइ : दलहरूबीच सघन संवाद भइरहेको छ
मधेस सरकार गठनबारे प्रचण्डको भनाइ : दलहरूबीच सघन संवाद भइरहेको छ
तपाईको प्रतिक्रिया



