१३ कात्तिक, कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट ४ करोड १७ लाख ६८ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार ५८ प्रजातिका जडीबुटी बिक्रीबाट उक्त राजस्व संकलन भएको हो ।
सबैभन्दा बढी झ्याउबाट ९५ लाख ८५ हजार रुपैयाँ, जटामसीबाट ८७ लाख ८८ हजार र यार्सागुम्बाबाट ७५ लाख ४४ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।
त्यस्तै कटुसी, सेतक चिनी, टिमुर, सिलाजित, सुगन्धवाल र रिठ्ठालगायतका जडीबुटीबाट पनि राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।
गत आर्थिक वर्षमा कर्णालीबाट १९ लाख ४६ हजार केजीभन्दा बढी जडीबुटी निकासी भएको मन्त्रालयले जनाएको छ ।
जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन
जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन
तपाईको प्रतिक्रिया



