१२ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी प्रधान कार्यालय बोलाएका छन्।
आईजीपी कार्कीले पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी)को बैठक बोलाएकै दिन प्रदेशका डीआईजीहरूलाई पनि काठमाडौं बोलाएका हुन्। पीसीसीको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ।
पीसीसी बैठकमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारी सहभागी हुने गर्छन्। तर सातै प्रदेशका डीआईजीलाई समेत प्रधान कार्यालय बोलाउनुको कारण भने खुलाइएको छैन।
प्रहरी उच्च स्रोतका अनुसार डीआईजीहरूलाई बुधबार नै काठमाडौं आउन भनिएको थियो। सोहीअनुसार केही डीआईजी प्रधान कार्यालय पुगिसकेका छन् भने केही आउने क्रममा छन्।
प्रहरी प्रधान कार्यालयमा सातै प्रदेशका डीआईजी बोलाइए
प्रहरी प्रधान कार्यालयमा सातै प्रदेशका डीआईजी बोलाइए
तपाईको प्रतिक्रिया



