१२ कात्तिक, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेको छ।
पार्टीले अरब दलहरूले घुसखोरी, धम्की, हिंसा, जालसाजी र प्रतिबन्धित सफ्टवेयर प्रयोग गरेर मत प्रभावित पारेको दाबी गरेको छ। लिकुड पार्टीले यससम्बन्धी सयौं प्रमाण प्रहरी, आन्तरिक सुरक्षा निकाय सिन बेट र केन्द्रीय निर्वाचन समितिलाई बुझाएको जनाएको छ।
अरब नेतृत्वका दल राअम तथा जोइन्ट लिस्टले १९ सिट जित्ने अनुमान गरिएको छ। यसले नेतान्याहूको गठबन्धनसहित दुवै पक्षलाई संसदमा बहुमत जुटाउन कठिन बनाएको बताइएको छ।
लिकुड पार्टीले घटनाको तत्काल छानबिन गर्न माग गरे पनि केन्द्रीय निर्वाचन समितिका एक अधिकारीले चुनावमा धाँधली भएको आरोप अस्वीकार गरेका छन्।
चुनावी नतिजाले झट्का, नेतान्याहू भन्छन्– धाँधली भयो
चुनावी नतिजाले झट्का, नेतान्याहू भन्छन्– धाँधली भयो
तपाईको प्रतिक्रिया



