२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने मतदानबारे केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूसँग छलफल गरेको छ।
राष्ट्रिय सभा गृहमा सभापति, उपसभापति, महामन्त्रीलगायत पदाधिकारीका उम्मेदवारसँग निर्वाचन समितिले मतदान प्रक्रियाबारे छलफल गरेको हो।
महामन्त्री पदकी उम्मेदवार डिला संग्रौलाका अनुसार दिउँसो १२ बजेदेखि छलफल जारी छ। उनका अनुसार मतदानको विषयमा उम्मेदवारहरूसँग समितिले आवश्यक छलफल गरिरहेको छ।
कांग्रेसको नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान गर्ने भनिए पनि तोकिएको समयमा मतदान सुरु नहुने भएपछि निर्वाचन समितिले उम्मेदवारहरूसँग छलफल थालेको हो।
कांग्रेसका उम्मेदवारसँग मतदानबारे निर्वाचन समितिले गर्यो छलफल
कांग्रेसका उम्मेदवारसँग मतदानबारे निर्वाचन समितिले गर्यो छलफल
तपाईको प्रतिक्रिया



