२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा देवराज चालिसेले उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका छन्।
चालिसेले खुलातर्फको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पार्टी प्रवक्तामा चयन भएका थिए।
विशेष महाधिवेशनका अभियन्तासमेत रहेका चालिसेले त्यसअघि पार्टीभित्र विशेष महाधिवेशनको मागसहितको अभियानमा सक्रिय भूमिका खेलेका थिए।
कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ। चालिसेको उम्मेदवारीसँगै उपसभापति पदको प्रतिस्पर्धा थप रोचक बनेको छ।
कांग्रेस उपसभापति पदमा देवराज चालिसेको उम्मेदवारी
कांग्रेस उपसभापति पदमा देवराज चालिसेको उम्मेदवारी
तपाईको प्रतिक्रिया



