१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै तयार पारेको २९ बुँदे राजनीतिक प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका छन्।
प्रस्तावमा कांग्रेसको विगतको राजनीतिक अभ्यासको समीक्षा गर्दै पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने विषय समेटिएको छ। थापाले पार्टीभित्र आत्मसमीक्षा, संगठन सुधार, युवा सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
त्यस्तै, आगामी निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन नगर्ने, प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने र सरकारका कामको खबरदारी गर्ने प्रस्ताव गरिएको छ।
प्रस्तावमा निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्र सुधार, जलवायु परिवर्तन र प्रविधिको क्षेत्रमा नयाँ नीति अवलम्बन गर्नुपर्ने विषय पनि समेटिएको छ।
त्यस्तै, उम्मेदवार छनोटमा प्राइमरी प्रणाली लागू गर्ने, प्रधानमन्त्रीको कार्यकाल दुईपटकमा सीमित गर्ने तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय प्रस्ताव गरिएको छ।
थापाको प्रस्तावको मूल अवधारणा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ रहेको छ।
गगनको २९ बुँदे प्रस्ताव केन्द्रीय समितिमा पेस
गगनको २९ बुँदे प्रस्ताव केन्द्रीय समितिमा पेस
तपाईको प्रतिक्रिया



