धनुषा, असोज १५ — मुखियापट्टी मुसहरनिया गाउँपालिकाद्वारा सञ्चालित रेमी (ReMi) परियोजनाअन्तर्गतका कार्यक्रम तथा गतिविधिहरूको स्थलगत अवलोकन गरिएको छ।
आज SDC का प्रतिनिधिहरूले गाउँपालिकामा रेमी परियोजनामार्फत भइरहेका विभिन्न गतिविधि तथा हालसम्म हासिल भएका प्रगतिहरूको अवलोकन गरेका हुन्।
अवलोकनका क्रममा परियोजनाको कार्यान्वयन अवस्था, स्थानीय तहसँगको सहकार्य, लक्षित समुदायमा परेको प्रभाव तथा परियोजनाबाट हासिल भएका उपलब्धिबारे जानकारी लिइएको थियो।
स्थानीय तह र विकास साझेदारबीचको सहकार्यबाट सञ्चालित कार्यक्रमहरूको प्रभावकारिता बुझ्न तथा आगामी कार्यदिशाका लागि आवश्यक सुझाव लिन अवलोकन भ्रमण गरिएको जनाइएको छ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकामा सञ्चालित रेमी परियोजनाले स्थानीय स्तरमा रोजगारी, पुनःएकीकरण तथा सामाजिक–आर्थिक सशक्तीकरणसँग सम्बन्धित गतिविधिमा सहजीकरण गर्दै आएको छ।
यो जानकारी रोजगार, सीप तथा उद्यमशीलता केन्द्रका कर्मचारी राम अशिष यादवले दिनुभएको हो।









