१५ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार कस्तो हो भन्ने विषयमा प्रतिनिधिसभामा प्रतिपक्ष र सत्तारुढ दलका सांसदबीच सवालजवाफ भएको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री शाह नेतृत्वको सरकारको स्वरूपबारे प्रश्न उठाएका थिए।
उनले संसद्मा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले सरकार संवैधानिक रूपमा नियमित सरकारजस्तो देखिए पनि आफ्नै दलको बैठकमा नजाने भएकाले निर्दलीय सरकारजस्तो देखिएको टिप्पणी गरे। त्यस्तै, सर्वदलीय बैठकमा सहभागी नहुने भएकाले एकदलीय सरकारजस्तो देखिएको उनको भनाइ थियो।
पोखरेलले सरकारलाई विभिन्न उपमासमेत दिँदै ‘खासमा बालेन सरकार कस्तो सरकार हो ?’ भन्दै प्रश्न गरेका थिए।
त्यसको जवाफमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष राजवंशीले बालेन सरकार जनमतबाट अनुमोदित र संसद्मा बहुमत प्राप्त सरकार भएको बताए।
उनले २१ फागुन २०८२ को निर्वाचन नियमित राजनीतिक क्रमको निरन्तरता मात्र नभई नेपाली राजनीतिमा आएको ‘क्रमभंगता’ भएको दाबी गरे।
‘बालेन सरकार कस्तो हो भनेर सोधिरहनुभएका माननीयज्यूलाई भन्न चाहन्छु, भ्रष्टाचार न्यूनीकरण गर्ने सरकार हो,’ राजवंशीले भने, ‘देशलाई कमजोर पार्ने जुनसुकै संयन्त्र होस्, चाहे त्यो न्यायालय होस्, कर्मचारी संयन्त्र होस् वा राजनीतिक संयन्त्र होस्, सबैलाई सुन्ने र थुन्ने सरकार हो।’
उनले आफूहरू विगतको जस्तै नियमित प्रक्रियामा चल्ने सरकार नभएको दाबी गर्दै विगतमा भ्रष्टाचार गर्नेहरूमाथि सरकारले कारबाही अघि बढाउने बताए।
‘बालेन सरकार कस्तो ?’ एमाले सांसदको प्रश्नमा रास्वपा सांसदले दिए यस्तो जवाफ
‘बालेन सरकार कस्तो ?’ एमाले सांसदको प्रश्नमा रास्वपा सांसदले दिए यस्तो जवाफ
तपाईको प्रतिक्रिया



