काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकटका केही नेता–कार्यकर्ता पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर रूपमा आयोजना गर्न लागेको १५औँ महाधिवेशनमा सहभागी हुने भएका छन् ।
देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ । यता, संस्थापन पक्षले भने असोज १८ गते १५औँ महाधिवेशन उद्घाटन गर्ने र तल्लो तहका अधिवेशन अघि बढाइरहेको छ ।
डा. शेखर कोइरालाले पार्टी एक नभएसम्म दुवै पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने बताउँदै आएका छन् । यद्यपि, उनीनिकट केही नेता–कार्यकर्ता संस्थापन पक्षको अधिवेशनमा सहभागी भइसकेका छन् भने केही देउवा समूहले आयोजना गर्न लागेको महाधिवेशनमा सहभागी हुने तयारीमा छन् ।
डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले शेखरनिकट केही नेता–कार्यकर्ता आफ्नो स्वविवेकले देउवा समूहको महाधिवेशनमा सहभागी हुन लागेको जानकारी दिए ।
‘हामीसँग जोडिएका केही संस्थापनको अधिवेशनमा भाग लिइरहनुभएको छ । बाँकी रहेका केही स्वविवेकले देउवा समूहले गर्न लागेको महाधिवेशनमा सहभागी हुनुहुन्छ,’ उनले भने, ‘दाइ (डा. शेखर कोइराला) कतै सहभागी हुनुहुन्न ।’
कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर संस्थापन र देउवा पक्षबीच फरक–फरक कार्यक्रम अघि बढिरहेका बेला शेखरनिकट नेताहरूको सहभागितालाई चासोका साथ हेरिएको छ ।
शेखर समूहबाट देउवा समूहको महाधिवेशनमा नेता–कार्यकर्ता
शेखर समूहबाट देउवा समूहको महाधिवेशनमा नेता–कार्यकर्ता
तपाईको प्रतिक्रिया



