काठमाडौं । सोमबार पक्राउ परेका मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ। साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
स्वास्थ्य परीक्षणपछि प्रसाईंलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरिएको छ।
प्रसाईंले केही समयअघि जेनजी आन्दोलनमा सहिद भएकी आमाकी छोरीसमेत रहेकी रास्वपा सांसद रचना खड्कालाई लक्षित गर्दै ‘छोराको लासमा टेकेर सांसद बनेको’ अभिव्यक्ति दिएका थिए। उक्त विषय सांसद खड्काले संसद्मा समेत उठाएकी थिइन्।
दुर्गा प्रसाईं अस्पताल पुगे, स्वास्थ्य परीक्षण हुँदै
दुर्गा प्रसाईं अस्पताल पुगे, स्वास्थ्य परीक्षण हुँदै
तपाईको प्रतिक्रिया



