काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्न नहुने बताएका छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्दै उनले प्रयोगशालाको मुख्य उद्देश्य अनुसन्धान र नवप्रवर्तन हुनुपर्ने बताए ।
मन्त्री पुनले प्रयोगशालालाई आम्दानीको स्रोत वा डिग्री बाँड्ने थलो बनाउन नहुने धारणा राखे । नेपालमा विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान पर्याप्त रहेकाले विधि विज्ञान प्रयोगशालालाई पठनपाठनभन्दा अनुसन्धानमा केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।
नास्टलगायत अनुसन्धानमुखी संस्थासमेत पठनपाठन र डिग्री प्रदान गर्ने काममा लाग्नु उचित नभएको उल्लेख गर्दै पुनले विधि विज्ञानजस्तो संवेदनशील क्षेत्रलाई आर्थिक लाभसँग जोडेर कमजोर बनाउन नहुने बताए ।
प्रयोगशाला अनुसन्धानमै केन्द्रित हुनुपर्छ : मन्त्री पुन
प्रयोगशाला अनुसन्धानमै केन्द्रित हुनुपर्छ : मन्त्री पुन
तपाईको प्रतिक्रिया



