काठमाडौँ, ८ असोज । सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।
बिहीबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको माइक्रोबस आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि सप्तकोशी न्युरो अस्पताल पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरीमा माइक्रोबस दुर्घटना, १२ जना घाइते
सुनसरीमा माइक्रोबस दुर्घटना, १२ जना घाइते
तपाईको प्रतिक्रिया



