काठमाडौँ । प्रतिनिधिसभाले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रस्तुत गरेको राष्ट्रियसभामा उत्पत्ति भएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
छलफलमा सांसदहरूले पशु रोग फैलिनुअघि नै रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको बताए । उनीहरूले पशु स्वास्थ्यलाई मानव स्वास्थ्य र वातावरणीय स्वच्छतासँग जोड्दै पशुपालक किसानका समस्या समाधान हुने गरी कानुन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले ग्रामीण अर्थतन्त्रको मुख्य आधार कृषि र पशुधन भएकाले सङ्क्रामक पशु रोगको समयमै रोकथाम आवश्यक रहेको बताए । नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्लले विधेयकले पशुपालक किसानले भोग्दै आएका समस्या समाधान गर्नुपर्ने धारणा राखे ।
रास्वपाकी समिना मियाँले पशु स्वास्थ्य, मानव स्वास्थ्य र वातावरणीय स्वच्छतालाई एकीकृत रूपमा हेरेर रोग नियन्त्रण गर्नुपर्ने बताइन् ।
छलफलमा सहभागी अन्य सांसदहरूले पनि सङ्क्रामक पशु रोग नियन्त्रणका लागि विधेयक आवश्यक रहेको धारणा राखेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक असोज ८ गते बिहान ११ बजे बस्नेछ ।
३. सङ्क्रामक पशु रोग नियन्त्रणमा नयाँ कानुन
३. सङ्क्रामक पशु रोग नियन्त्रणमा नयाँ कानुन
तपाईको प्रतिक्रिया



