७ असोज । प्रहरीले सुनसरीको इटहरीबाट गाँजा लोड गरिएको एम्बुलेन्स बरामद गरेको छ।
कोशी लोकमार्गअन्तर्गत इटहरी–२० तरहरास्थित पानीपिया जंगल नजिकैबाट प्रहरीले एम्बुलेन्समा प्लास्टिकका पोकामा राखिएको ४५० किलो गाँजा बरामद गरेको हो।
मंगलबार राति करिब साढे ११ बजे बा २ च ९५७३ नम्बरको त्रिवेणी सांस्कृतिक समूहको एम्बुलेन्सलाई प्रहरीले रोक्न खोजेको थियो। तर, चालकले एम्बुलेन्स भगाएपछि प्रहरीले पछ्याएको थियो।
प्रहरीले पछ्याएपछि चालकले जंगल क्षेत्रमा एम्बुलेन्स छाडेर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीले एम्बुलेन्स र गाँजा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
एम्बुलेन्सबाट बरामद भयो ४५० किलो गाँजा
एम्बुलेन्सबाट बरामद भयो ४५० किलो गाँजा
तपाईको प्रतिक्रिया



